भक्तपुर/ भक्तपुर सुसेली मञ्च र चाँगुनारायण ३ न्यौपाने गाउँस्थित फुलब्राइट एकेडेमीको संयुक्त पहलमा मञ्चको १५औँ रचना वाचन श्रृंखला शनिबार सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रमको विशेष अतिथिमा विद्यालयकी प्रधानाध्यापक एलिना दाहाल, अतिथिहरूमा चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकाः, बुढ्यौली साहित्य महोत्तरीका अध्यक्ष लालबाबु पोखरेल, चाँगुनारायण मा.वि.का प्रधानाध्यापक दधीराम गेलाल, अन्तर जिल्ला चाँगुनारायण समाजका अध्यक्ष सुरेन्द्र खतिवडा, ज्येष्ठ नागरिक टंकप्रसाद दाहाल र विश्वनाथ ढुङ्गेल तथा स्रष्टा कृष्ण भण्डारी रहनु भएको थियो ।
स्रष्टा नरनाथ लुइँटेलले दुइटा हास्यव्यङ्ग्य कविता वाचन गर्दै देशको वर्तमान अस्तव्यस्त अवस्थाको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताउनु भयो । उहाँले गाउँ रित्तिँदै जानु, विकासमा अग्रगतिभन्दा अवनति बढ्दै जानु हाम्रो दुर्भाग्य रहेको बताउँदै यस्तो अवस्थाप्रति स्रष्टाहरूले निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । कार्यक्रममा नयाँ र पुराना स्रष्टाबीचको सिर्जनात्मक सहभागिता अत्यन्त सुन्दर पक्ष रहेको उल्लेख गरिएका थियो ।
कार्यक्रममा भक्तपुर सुसेली मञ्चका सहसचिव विश्वनाथ ढुङ्गेललाई जन्मोत्सवको शुभकामनासहित दोसल्ला ओढाएर उज्ज्वल भविष्यको कामना गरिएको थियो । विशेष अतिथिका रूपमा मन्तव्य राख्दै चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता साहित्यिक कार्यक्रमहरूले स्रष्टा र पाठकबीच सेतुको काम गर्ने बताउनु भयो ।
यसैगरी विशेष अतिथि फुलब्राइट स्कूलकी प्रिन्सिपल एलिना दाहालले विद्यालय परिसरमा हुने साहित्यिक गतिविधिले विद्यार्थीको सिर्जनशीलता विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । कार्यक्रममा कविहरू बीके माकजू, सूर्य अधिकारी, सालिकराम दाहाल, कृष्णप्रसाद भण्डारी, श्याम माकजू र टीकाराम गेलालले आप्mना रचनाहरु वाचन गर्नु भएको थियो । यसैगरी बालबालिकाहरू इभाना दाहाल, प्रयास खतिवडा, आकृति न्यौपानेले आ–आफ्ना बालरचना वाचन गरिएको थियो ।
बालरचना प्रस्तुत गर्ने इभाना दाहाल, प्रयास खतिवडा र आकृति न्यौपानेलाई कलम र पुस्तक उपहार दिइएको थियो । अतिथि सुरेन्द्र खतिवडाले शुभकामना मन्तव्य र विश्वनाथ ढुङ्गेल, लालबाबु पोखरेल, दधीराम गेलाल, हरिसुन्दर छुकाः, एलिना दाहाल समेतले रचना वाचन गर्दा कार्यक्रम झनै रोचक बनेको बताइएको छ ।
सहभागीहरूले समसामयिक विषयवस्तुमा आधारित सिर्जना वाचन गर्दै समाज र राजनीतिले सिर्जनामा पार्ने प्रभावबारे विचार समेत व्यक्त गर्नु भएको थियो ।
भक्तपुर सुसेली मञ्चको साहित्यिक कार्यक्रम
Facebook Comments Box
