प्राथमिक उपचार : एक विशेष उपचार

Nayabimarsha (Weekly Newspaper from Nepal)
कपिलदेव लामिछाने

वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । उक्त संविधानले प्रत्येक नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ । आम नागरिकको स्वास्थ्यलाई गुणस्तरिय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवुद्धि गर्नुपर्ने, गुणस्तरिय एवं स्तरिय सेवालाई सरल सुलभ स्वास्थ्य सेवामा समान÷समता पहँच ग्यारेन्टी गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चितता गर्नुपर्ने दायित्व पनि संविधानले नै व्यवस्था गरेको पाइन्छ ।
नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय शासन स्वरुप भौगोलिक एवं जनसङ्ख्याको अनुपात अनुरुप स्वास्थ्य संस्थाहरुको न्यायोचित विवरण गर्नु पर्ने हुन्छ । यसैगरी आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकता र रोग पहिचान आधारमा उपलब्ध गराउनु पर्ने हुन्छ । यसका साथै त्यसको गुणस्तर कायम गर्नु, गुणस्तर स्वास्थ्य सेवाको नियमित प्रवाहको नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बीमा लागू गर्नु आजको आवश्यकता हो । यसैगरी वैदेशिक सहयोग, राहत, स्वास्थ्य सामग्रीहरुको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, विभिन्न प्रकोपबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरुको पुनः निमार्ण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई समनयानुकुल प्रभावकारी बनाउनु आजको टड्कारो आवश्यकता हो ।
मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आम जनताले गर्ने अपेक्षा, आशामा अत्याधिक वृद्धि भैरहेको छ । समयानुसार चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई आम नागरिकको मैत्री अनुकुल बनाउनुपर्ने आवश्यकता देखिएको छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप सशक्त र बलियो बनाएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको पाइन्छ ।
१६औं पञ्चवर्षीय योजनाको अन्त्यसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना रहेको बताइन्छ । यसैगरी नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना रहेको बताइन्छ । यस्तै, पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्था १७%, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या प्रतिलाख जनसङ्ख्याको पाँचजना, पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत रहेको बताइन्छ । यसैगरी स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसङ्ख्यामा ४.६४ जना, स्वास्थ्य संस्था जन्ममा आबद्ध जनसङ्ख्या ७० प्रतिशत, स्वास्थ्य बीमा कार्यक्रम नवीकरण दर ९०%, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८%, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच पुग्ने घरधुरी ८६%, ५ वर्ष मुनिका बच्चाहरूमध्ये जन्म दर्ता गरिएको बालबालिका १०० प्रतिशत हासिल गर्ने लक्ष्य रहेको पाइन्छ ।
यसर्थ सो लक्ष हासिल गर्नको लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनु, स्वास्थ्य बीमा प्रणालीलाई पुनः संरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम प्रविधिकरण गर्ने कार्य गरिनुपर्छ । यसैगरी गुणस्तरीय भरपर्दो तथा एकीकृत स्वास्थ्य प्रणालीको विकास र सम्वद्र्धन गर्ने स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने अध्ययन अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने कार्य गरिनुपर्छ । यस्तै, औषधि औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय कायम गर्ने, स्वास्थ्य प्रणालीको गुणस्तर सुदृढीकरणका लागि लगानी बढाउने, विद्यमान सञ्चालनमा रहेका कार्यक्रमहरूको पुनः मूल्याङ्कन र परिमार्जन गर्ने रणनीति रहेको पाइन्छ ।
स्थानीय तहमा कम्तीमा पनि १५ शैय्याका अस्पताल बनाउन त्यस ठाउँको प्राथमिक स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीको क्रमशः स्तरोन्नति गर्ने यसमा उल्लेख छ । यसको उद्देश्य स्वास्थ्य सेवामा प्राथमिक उपचारको ठूलो महत्व छ । प्राथमिक उपचारबारे स्वास्थ्यकर्मी बाहेक जो कोहीलाई पनि ज्ञान हुनु अति आवश्यक छ । विपत् तथा दुर्घटनाहरू जहाँ जहिले र जुनसुकै अवस्थामा जसलाई पनि हुनसक्छ । त्यसकारण प्राथमिक उपचारको ज्ञान भएमा दुर्घटना भई जोखिममा परेका बिरामीको अस्पताल लैजानुभन्दा पहिला रक्षा गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ । प्राथमिक उपचारको सिप भएमा धेरै जोखिममा परेका व्यक्तिको जीवन बचाउन सकिन्छ । प्राथमिक उपचारको बारेमा विद्यालय, कलेज, सामाजिक संघसंस्था तथा सर्वसाधारण पनि सम्बन्धित ज्ञान दिन अति आवश्यक हुन्छ ।
यस्तो ज्ञान दिएमा दुर्घटना भएका व्यक्तिलाई थप जोखिम नभई स्वास्थ्य संस्थामा ल्याउन सहज भई जीवन रक्षा गर्न सकिन्छ । प्राथमिक उपचार सीप भएका व्यक्ति, गाउँघर समुदायमा धेरै भएमा समुदाय नै सुरक्षित र स्वस्थ हुन सक्छ । बाटोघाटो कार्यस्थल समुदायमा कुनै दुर्घटना घटेमा घाइतेलाई तत्काल पीडा कम गर्न र जोखिम न्यूनीकरण गरी अस्पताल पुर्याउनु अघि गरिने उपचार विधि नै प्राथमिक उपचार हो । दुर्घटना र युद्धका घाइतेको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ ।
प्राथमिक उपचारको तालिमको माध्यमले आधारभूत जीवनरक्षाका सीप जस्तै सिपिआर, अचेतन घाइतेको ध्यान राख्ने सीप, चोट र रक्तचाप रोक्ने ज्ञान, आगलागी, विषपान, जीवजन्तुबाट हुने आक्रमण, सर्पदंश आदि घाइतेको ज्यान जोगाउने जस्ता सीप प्राथमिक उपचारभित्र पर्दछ । कारखाना, विद्यालय, कलेज, गाडी, पदयात्रा, धार्मिक पदयात्रा शिक्षण संस्था आदि विभिन्न ठाउँमा प्राथमिक उपचारको अति आवश्यक हुन्छ । कुनै अप्रिय घटना दुर्घटना घटेमा प्राथमिक उपचारको लागि आवश्यक मलम ह्यान्डी प्लास्ट औषधिहरू, जीवनजल, ब्लेड, कैची, थर्मोमिटर, एन्टिसेप्टिक धुलोहरू, कपास, निर्मलीकरण गरेका अन्य सामग्रीहरू आदि प्राथमिक बाकसमा हुन्छ ।
यसको प्रयोग गरी जीवनरक्षा गर्न सकिन्छ । अझै पनि हाम्रो गाउँघरमा स्वास्थ्य उपचारको मूलधार ९ँष्चकत ब्ष्म द्ययह० मा कमी भएकाले प्राथमिक उपचारको महत्व धेरै छ । त्यसकारण प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमको हाम्रो देशमा अझै धेरै आवश्यक छ । प्राथमिक उपचारको आधारभूत शीप विकासका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *