सडकमा सु.इ. र डिइहरुको व्यापक सरुवा हुँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सु.इ. र डिइहरुको सरुवा शुरु गरेका छन् । गत आइतबार मन्त्री राईले तीनजना डिइहरु र दुईजना सुइहरुको सरुवा गरेका छन् ।
सरुवा भएका सुइहरुमा सुरुङमार्गका नरेशमान शाक्यलाई सडक विभागको सम्भार महाशाखाको उपमहानिर्देशक बनाइएको छ । त्यहाँका प्रभात झालाई मन्त्रालयको पूर्वाधार तथा यातायात (निर्माण महाशाखा) महाशाखामा सरुवा गरिएको छ । उक्त महाशाखा हेर्दै आएका चूडाराज ढकाललाई विभागमा सरुवा गरिँदैछ । हाल मन्त्रालयको वैदेशिक महाशाखा केशवकुमार शर्माको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि रिक्त रहेको छ ।
बैदेशिक महाशाखाको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि योजना महाशाखाका सुइ शिव नेपालले सम्हाल्दै आइरहेका छन् । सुइ नेपाल पनि रेल विभागको महानिर्देशक बन्ने चर्चा चलेको छ ।
यता, सडक बोर्डबाट छ महिना पूरा गरी मन्त्रालयमा हाजिर गरेका प्रेमप्रकाश खत्रीलाई कुनै जिम्मेवारी दिइएको छैन । विभागमा हाजिर गरेर नवीनमान श्रेष्ठ र पूर्वकुमार राईले बिनाजिम्मेवारी तलब बुझ्दै आइरहेका छन् । सरुवा भएका तीनजना डिइहरुमा होमबहादुर एसी नेपालगञ्जबाट सडक डिभिजन बुटबल, प्रदीप निरौला पाल्पा र राजेश यादव हेटौँडा रहेका छन् ।
मदन भण्डारी योजना वीरगञ्ज कार्यालयको जिम्मेवारी सम्हाले राजेन्द्र दासलाई हेटौँडाको पनि जिम्मेवारी दिइएको थियो । पाल्पाका डिइ रामेश्वर लम्सालले डिभिजनलाई रसातलमा पु¥याएर गत श्रावण १६ गते अनिवार्य अवकाश भएका थिए ।
बुटबल डिभिजनका जयलाल मरासिनीको आगामी भाद्र ८ गते अनिवार्य अवकाश हुँदैछ । यसैबीच भौतिक सचिव गोपालप्रसाद सिग्देल गत श्रावण २३ गते विदेश भ्रमणमा गएपछि बाँकी सुइ र डिइहरुको सरुवा अवरुद्ध बनेको छ । सचिव विदेशबाट फर्केपछि सडक विभागमा व्यापक सरुवा हुँदैछ ।
डिभिजन सडक र योजनामा दुई वर्ष पुगेकाहरुको सरुवा सूची मन्त्री राईकोमा पुगेको समाचार स्रोतले बताएको छ । अबको छ महिनाभित्र तीजना सुइहरुले विभागबाट अवकाश पाउँदैछन् । जसमा दीपक श्रेष्ठ, कैलाश श्रेष्ठ र अशोक तिवारी रहेका छन् ।
अब सडक विभागमा डिजीबाहेक पुराना र अनुभवी सुपरिटेन्डेन्ट इञ्जिनियरहरुको खडेरी पर्ने बताइएको छ । वितगमा सरुवाका लागि शक्तिकेन्द्र धाउनेहरु यसपाली सरुवाका लागि सुइ र डिइहरुले मन्त्री निवास तथा मन्त्रालय जान छाडेपछि सरुवाको रौनक घटेको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *