नेता गिरिको शोकसभा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका त्यागी नेता, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य बहुआयामिक व्यक्तित्व बनाएका प्रदीप गिरीको स्वर्गारोहणको तेह्रौं दिनमा कांग्रेसले हिजो विहीबार शोकसभा आयोजना गरेको छ ।
कांग्रेसले बिहीबार गरेको उक्त शोकसभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका थिए । नेता गिरीको गत भदौ ४ गते राति घाँटीको क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको थियो । सिराहाबाट २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित गिरिको नेपाली राजनीतिमा छुट्टै पहिचान रहेको चर्चा चलेको छ । संसद्मा प्रस्तुत हुँदा गहकिला कुराहरुका साथ प्रस्तुत हुने गिरिको सादगीपनको चर्चा हुने गरेको छ ।
कांग्रेसबाट जतिबेला पनि मन्त्री बन्न सक्ने तथा उस्तै परे प्रधानमन्त्री नै बन्न सक्ने हैसियत बनाएका गिरिले सांसदभन्दा माथि कुनै पदमा जान चाहेनन् । आफ्नो व्यक्तिगत स्वतन्त्रतामा बन्देज लाग्ने भन्दै गिरिले मन्त्री पदलाई तिलाञ्जलि दिने गरेको पनि बताइएको छ । माक्र्सवाद तथा समाजवादका विषयमा गहिरो अध्ययन र ज्ञान भएका गिरिलाई नेपालका कम्युनिष्ट भनाउँदाहरुले समेत उच्च सम्मानका साथ हेर्ने गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *