बालेनको कार्यको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अनधिकृत रुपमा बनाइएका संरचनाहरु भत्काउन दलबल सहित कार्यमा उत्रेका छन् । यसअघि काठमाडौंको फोहोर व्यवस्थापनप्रति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले असहयोग गरी बालेनलाई असफल बनाउन हात धोएर लागि परे पनि अन्ततः फोहोरको व्यवस्थापन भएको छ ।
युवा जोश, जाँगर र दूरदृष्टि भएका, पेशाले इञ्जिनियर साहले यसअघि फोहोरको नाममा असुली गर्न र खान पल्केकाहरुको मुखमा बिर्को लगाइदिएपछि राजनीतिक दलका भरौटेहरुले फोहोरमा राजनीति गर्दै आइरहेका थिए । फोहोरको समस्या अल्पकालिन रुपमा समाधान भएपछि बालेनको ध्यान अनधिकृत संरचनाहरु हटाउने र भत्काउने तर्फ केन्द्रित भएको छ ।
नयाँ बानेश्वर, शंखमूल, कोटेश्वर, बालाजु, सुन्धारा, न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना र अण्डरग्राउण्ड पार्किङ भत्काउन डोजरसहित गएका बालेनको इच्छाशक्ति र साहसलाई चौतर्फी रुपमा प्रशंसा गरिएको छ । काठमाडौं जिल्ला अदालतको बेसमेन्टमा सञ्चालन गरिएको रेष्टुरेन्टदेखि त्रिपुरेश्वरको राहदानी विभागको अण्डरग्राउण्ड बेसमेन्ट महानगरपालिकाको चेतावनीपछि हटाइँदैछ । यस अगाडि महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपतिले पैसा खाएर आँखा चिम्लिँदै आइरहेका बताइएको छ । उनी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका खास मान्छे भएका कारण धनपति बन्नमै मस्त रहेको आरोप लाग्ने गरेभएका कारण धनपति बन्नमै मस्त रहेको आरोप लाग्ने गरेको छ ।
हाल नगरप्रहरी प्रमुखमा राजुनाथ पाण्डे आएपछि फुटपाथका पसलहरु पनि हटेका छन् । बानेश्वर, काठमाडौं मल, रत्नपार्क लगायतका क्षेत्रमा फुटपाथका पसलेले पैदल यात्रुलाई सास्ती दिँदै आएका थिए । अहिले न्यूरोडको सुरज अर्किड –मारवाडीहरुको पसल रहेको स्थान) मा बेसमेन्ट खाली गराउन साह डोजरसहित उपस्थित भएपछि व्यापारीहरुको भागाभाग भएको छ ।
यसअगाडि मोटो रकम भाडामा लगाएर बेसमेन्टको नाममा ९० प्रतिशत कर छुट लिई तला थपेका आर.बी. कम्प्लेक्स, अल्फा विटा, बानेश्वरको जे सयपत्री बालेनको निशानामा परेका छन् ।
काठमाडौंको सडक बाबुराम भट्टराई र माइतीघरको जग्गा केशव स्थापितले हिम्मत नगरेको भए विस्तार नहुने र नहट्ने जानकारहरुले बताएका छन् । फुटपाथ कब्जा गरेर दिनको १०–२० हजार कमाई गर्ने व्यापारीहरुले सरकारलाई कर पनि नतिर्ने र काठमाडौंमा घर भएकाहरु पनि फुटपाथमा व्यापार गर्न पल्किएपछि समस्या उत्पन्न भएको थियो । अब नदीका छेउछाउ सुकुम्बासी बनेर बसेका सुकुम्बासीहरुलाई पनि साहले हिम्मत गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । बालेनको कार्यले एमाले सांसद महेश बस्नेतलाई १०४ डिग्रीको ज्वरो आई बर्बराउन थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *