अख्तियारले देखेन क्यानका डिजीको हर्कत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्न लगानी गरेको रकम असुल गर्न प्रदीप अधिकारीले पाँचवटा विमानस्थलमा ९ देखि १० अर्ब रुपियाँ खर्च गर्न लागेका छन् । तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित पूर्वराज्यमन्त्री धनबहादुर बुढा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई २० करोड रुपियाँ बुझाएर अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बनेको आरोप लागेको छ ।
प्राधिकरणले विराटनगर र नेपालगञ्जको विमानस्थलको टर्मिनल भवन बनाउन साढे तीन अर्ब तथा भरतपुर, ताप्लेजुङको सुकेटार र डोल्पा विमानस्थलको रन वेका लागि तीन अर्ब रुपियाँ खर्च हुने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
खर्च गरिन लागेको रु.१० अर्ब बजेटको दुई प्रतिशत पिसीबाट २० करोड प्राप्त हुने जानकारहरुले बताएका छन् । यसैगरी साइनिङ एमाउण्टबाट पनि मन्त्री र डिजीलाई छुटै कमिशन आउने बताइएको छ । यो रकमले म्यादी मन्त्री जीवनराम श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बुझाई चुनावी खर्चमा प्रयोग गर्ने बताइएको छ । महानिर्देशक अधिकारीलाई प्राप्त हुने कमिशन आले र बुढालाई बुझाएकाले आफूले गरेको लगानी उठाउन यो हर्कत गरेको बताइएको छ ।
आगामी मंसिरमा हुने निर्वाचनपछि आउने सरकारको पर्यटन मन्त्रीलाई पनि रकम बुझाउनु पर्ने भएकाले अहिले नागरिक उड्डयन प्राधिकरणमा ‘डन डिजी’ अधिकारीको लुटतन्त्र मच्चिएको समाचार स्रोतले जानकारी दिएको छ । अधिकारीले नागरिक उड्डयन प्राधिकरणको गौरीगाउँस्थित राष्ट्रिय गौरवको आयोजनामा बसेर र त्यो भन्दा अगाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बनेर अर्बौ सम्पत्ति हात पारेका आरोप लाग्दै आएको । तात्कालीन क्यानका महानिर्देशन सञ्जिव गौतमलाई प्रभावमा पारेर तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बनेर काण्डैकाण्ड मच्याएका भनी उनलाई चिन्नेहरुले आरोप लगाउने गरेका छन् । तात्कालीन मन्त्री ओलेको विशेष निगाहा र रकमको थैली बुझाएर आपूmभन्दा वरिष्ठ पाँचजनालाई पछारेर अधिकारी महानिर्देशक बनेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *