नेशनल लाइफको तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुकालागि तीन दिने “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम काठमाडौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारश खड्कासँंग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कम्पनीका ब्राण्ड एम्बेसडर पारश खड्काले पानशमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल करिब एक सयजना वरिष्ठ अभिकर्ताकहरुको सहभागिता सो कार्यक्रममा रहेको बताइएको छ । उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्य लिइएको थियो ।
नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेको बताइएको छ । यसैगरी तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागिता जनाउन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *