पशुपतिमा अमूल्य चिज हेर्नेको भीड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पशुपतिनाथको भण्डारमा रहेको अमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न बुधबार विहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणका लागि हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राख्ने गरिन्छ । राख्नुअघि अर्थात् बिहान १० बजे अघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने परम्परा रहेको बताइन्छ । प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ । बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *