नेतालाई पूmलको हार हैन प्रश्नको भार जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

रमेश ढकाल
हाम्रा नेताहरुले देशमा राजनीतिक स्थिरता कायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्यसेवा, जीवनोपयोगी शिक्षा, आरामदायक आवास, मनोरञ्जन, यातायात लगायतका तमाम सेवा सुविधाहरु उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीन दशकभन्दा पनि धेरै भइसक्यो । अहिलेसम्म सिङ्गो नेपालको के कुरा गर्नु, नमुनाका रुपमा नेपाल भित्रको कुनै एउटा गाउँ पनि राम्रो बन्न सकेका छैनन् ।
विडम्बना के छ भने अझै पनि हामीले हाम्रा नेताहरुलाई प्रश्न सोध्ने हिम्मत जुटाउन सकिराखेका छैनौँ । किन ? यो प्रश्न अब हरेक नेपालीले आफैलाई सोध्नुपर्ने बेला आएको छ । देशमा राजनीतिक दलहरु कयौं खुलेका छन् । यी कयौँ दलका कयौँ नेताहरु पटक पटक सांसद, मन्त्री, प्रधानमन्त्री बनिसकेका छन् । अब हरेक नेपालीले आफ्नो क्षेत्रबाट जितेर गएको सांसद (मन्त्री वा प्रधानमन्त्री) वा हरेक नेताहरुलाई प्रश्न गर्ने हिम्मत गरौँ । हरेक दलका घोषणापत्रहरूमा अत्यन्तै महत्वका साथ लेखिने केही साझा विषयहरु छन् । हामी तिनै विषयहरुलाई आधार बनाएर, आफ्नो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई यस्ता केही साझा प्रश्नहरु सोध्न सक्छौँ ।
प्रश्न–१ः यो देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्नका लागि अहिलेसम्म तपाईंले के कस्ता भूमिका निभाउनु भयो र यस सम्बन्धमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन भोलिका दिनमा कसरी अघि बढ्ने सोच बनाउनु भएको छ ।
प्रश्न–२ः तपाईंले लिनुभएको नीति वा गर्नुभएको कुनै पहलले अहिलेसम्म कति संख्यामा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन सके ? तपाईंको पहलमा अहिलेसम्म कति संख्यामा बेरोजगारहरुले रोजगारी पाउन सफल भए ?
प्रश्न–३ः तपाईंले लिनुभएको नीति वा गर्नुभएको कुनै पहलको परिणामस्वरुप बनेको कुनै एउटा त्यस्तो अस्पतालको नाम भनिदिनुस्, जहाँ जनताले कुनै पनि प्रकारको सकस या सास्तीको सामना नगरिकन सन्तोषजनक सेवा लिन पाएका हुन् । अहा ! कस्तो व्यवस्थित अस्पताल भनेर जनताले उक्त अस्पतालको प्रशंसा गर्ने गरेका हुन् ।
प्रश्न–४ः तपाईंले लिनुभएको नीति वा गर्नुभएको कुनै पहलको परिणामस्वरुप बनेको कुनै एउटा त्यस्तो स्कुलको नाम भनिदिनुस्, जहाँ जनताका छोराछोरीले १२ कक्षासम्मको पढाई सक्दा अब कसरी गरिखाने होला भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको होस् ।
प्रश्न–५ः तपाईंले लिनुभएको नीति वा गर्नुभएको कुनै पहलको परिणामस्वरुप खुलेको कुनै एउटा त्यस्तो उद्योगको नाम भनिदिनुस्, जहाँ हजार १५ सय मान्छेहरुले रोजगार पाएका हुन् ।
प्रश्न–६ः ठ्याक्कै तपाईंकै पहलको परिणामस्वरुप तपाईंकै क्षेत्रमा भएको कुनै एउटा परिवर्तन वा काम भनिदिनुस्, जसलाई आजको पिँढीले मात्र हैन, आउने पिँढीले पनि सम्झना गर्न सकोस् ।
यी त केही प्रतिनिधि प्रश्नहरु मात्र भए । प्रश्न यी नै र यस्तै नै हुनुपर्छ भन्ने छैन, तर आफ्नो क्षेत्रबाट जितेर गएका जिम्मेवार जनप्रतिनिधिहरुलाई प्रश्न गरौँ । हाम्रो प्रश्न गर्ने बानीले उनीहरुलाई जवाफदेही बन्न कर लाग्ने छ । जिम्मेवारी महसुस गर्न वाध्य पार्ने छ । म जवाफदेही बन्नुपर्ने रहेछ भन्ने कुराको बोध गराउने छ ।
हेर्नुस्, हामीले जस्ता सुकै तर्क गरे पनि जसरी धर्महरू कुनै गलत छैनन् त्यसै गरेर, कुनै राजनीतिक विचार पनि आफैंमा नराम्रा भने छैनन् । सबैले देश र जनताको भलो नै चिताएका हुन्छन् । समस्या धर्ममा हैन, धर्म गुरुमा छ । हामी अनुयायीमा छ । यसै गरेर समस्या राजनीतिक विचार वा दलमा हैन, समस्या तिनका नेताहरुमा छ । तिनका कार्यकर्ताहरूमा छ । समस्या तपाईंमा छ । समस्या म आफैमा छ । दाग हाम्रो आफ्नै अनुहारमा लागेको छ तर हामी दर्पण पुछेर समय बर्बाद गरिराखेका छौँ ।
हामीले यस्ता देशहरु पनि देखेका छौँ, जहाँ राजाको शासन भएर पनि देश अत्यन्तै समृद्ध छ । जनता पनि खुशी छन् । अर्को तर्फ, यस्ता देशहरु पनि छन्, जसमा जनताले चुनेको राष्ट्रपति, प्रधानमन्त्रीले शासन गर्छन् तर पनि देश अत्यन्तै गरीब छ । त्यहाँका जनताको जीवन कष्टकर छ ।
हाम्रो इतिहासमा हामीले यस्ता राजाको बारेमा पनि पढेका छौँ, जो आफ्ना प्रजाले नखाएसम्म आपूm खाँदैन थिए । हामीले गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरु पनि पायौँ । हामीले यस्ता नेताहरु पनि पाएका छौँ, जो शहीद परिवारलाई भैँसी उपहार दिएर शहीदका छोराछोरीलाई गोठालो बनाउँछ, अनि आफ्ना छोराछोरीहरूलाई भने पढ्नका लागि विदेश पठाउँछ ।
हाम्रो विडम्बना के छ भने, हामी यस्ता नेताहरुलाई प्रश्नको भार भिराउनुको बदलमा, पूmलको हार दिएर स्वागत गर्छौँ । आज नेताहरु बिग्रिएका हामीले प्रप्रश्न नै नगरेर हो । नेताहरुलाई छाडा छोडिदिएकाले हो । नेताहरुलाई उत्तरदायी बनाउन नसकेर हो । हामीले नेताहरुलाई प्रश्न गर्न थाल्ने हो भने– नेता बिग्रिन चाहेर पनि बिग्रन सक्दैनन् ।
हेर्ने हो भने आज हरेक दलमा केही राम्रा युवा नेताहरु पनि छन् । उनीहरुमा देश र जनताका लागि केही गरौ भन्ने नयाँ जोस, नयाँ उत्साह, इच्छाशक्ति पनि देखिन्छ । कति अवस्थामा उनीहरुको बाटोमा उनीहरुकै दलको नेतृत्व तगारो बनेर आउने गरेको हामीले देख्ने गरेका छौँ । यसरी देश र जनताका लागि केही गरौ भन्ने हुटहुटी लिएका युवाहरुलाई कतै दलहरु भित्रका आन्तरिक किचलोले पछि पारेको छ त, कतै पूर्वाग्रहको सिकार बनाइने गरिएको छ ।
खास गरेर पुराना दल भित्र सधैं जसो देखिने यस्तै खाले खिचातानी, बेथिति, बेचलन तथा नातावाद, कृपावाद र चाकडीवाद लगायतका विसङ्गतिहरुका कारण देश कहिल्यै उँभो लाग्न नसक्ने भयो भनेर दिक्क भएका जनताले गएको निर्वाचनमा केही नयाँ भनिने दलहरुलाई पनि राम्रो मत दिएर नीति निर्माण गर्ने ठाउँमा पुर्‍याएका छन् ।
विडम्बना, राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले मन्त्री बन्नका लागि पैसा बुझाउनुपर्ने भन्दै एक व्यावसायीसित दुई करोड रुपियाँ मागेको अडियो हालैमा बाहिरिएसँंगै नयाँ भनिएका दल पनि विवादरहित बन्न सक्ने देखिएको छैन । खैर, उक्त सांसदको सांसद पद खारेज गर्दै दलको साधारण सदस्य समेत नरहने गरी भएको कारबाहीले भने पुराना दलहरुको तुलनामा रास्वपा खरो उत्रिएको देखिन्छ । रास्वपाको यो कदम सकारात्मक त छ नै, सँंगसँंगै अन्य पुराना दलहरुका लागि उदाहरणीय पनि बनेको छ । यही विषय पनि विवादित अवश्य नै छ किनकि उनको अडियो वास्तविक हो कि होइन भन्ने जाँच पनि गरिएन । यसअघि रवि लामिछानेको विषयमा विवाद हुँदा वा अदालतमा मुद्दा पर्दा वा उजुरी पर्दा रविलाई न निकालियो न त उनीमाथि कुनै छानविन नै उनको दलले ग¥यो ।
नेपालको राजनीतिमा युवा नेताहरुकै बीचमा हुने गरेको यस्तो खाले अस्वस्थ प्रतिस्पर्धा राम्रो संकेत होइन । जुनसुकै राजनीतिक दलमा रहे पनि, आजका युवा नेताहरुले स्वस्थ राजनीतिक संस्कारको विकासमा जोड दिनुपर्छ ।
कतिपयले रास्वपालाई विचारहीन, सिद्धान्तहीन भनेर आरोप लगाउने गरेको पनि सुनिन्छ । साँच्चिकै तटस्थ भावना राखेर बीचमा उभिएर हेर्ने हो भने, यस्ता आरोपहरु अत्यन्तै पूर्वाग्रही वा दूराशयी भावबाट प्रेरित भएर आएका देखिन्छन् । हामी सबैले बुझेको सामान्य कुरा, आपूm गतिलो देखिनका लागि, मैले कसैलाई निर्गतिलो साबित गर्नुपर्छ भने, मेरो लागि यो भन्दा दयनीय अवस्था अर्को के हुनसक्छ होला र !
यतिका वर्ष राजनीति गरेर, राज्यसत्ता सम्हाल्दै आएकाहरुसँंग आज जनतालाई सुनाउनका लागि राम्रो केही नहुनु । फगत अरुलाई नराम्रो देखाएर, जनताका सामु आपूm राम्रो देखिने दुष्प्रयास गर्नु यो अत्यन्तै दुखद् अवस्था हो । खैर, अब आम जनता बाठा बनिसकेका छन् । अब जनतालाई झुक्याउन, ढाँट्न सजिलो छैन । यो कुरा पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ताले जति छिट्टो बुझेर सुध्रन्छन्, उत्ति नै धेरै हानी हुनबाट जोगिन सक्छन् ।
अन्त्यमा, २०८० साल एउटा वर्षका रुपमा मात्र नयाँ हैन, हामीले अनुभव गर्ने परिवर्तनका हिसाबले पनि नयाँ सावित हुन सकोस्– सबैमा शुभकामना ! (झापा, हाल: दोहा, कतार)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *