अनुसन्धान गर्न गुरुङको माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि मिथ्या आरोप लगाइएको भन्दै सो बारेमा छानविन गर्न माग गरेका छन् । उनले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाउँदै आफ्नो गल्ती नभएको अवस्थामा समेत त्यस्तो कुप्रचार गर्न कार्य भैरहेको भनी आपत्ति प्रकट गरेका हुन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुमा आपूmलाई सहकरी ठग भनिएकोप्रति आपत्ति जनाउदै आफ्नी पूर्वपत्नी ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानविन गर्नसक्ने उल्लेख गर्दै आफ्नो राजनीतिक जीवनमा नकारात्मक असर पार्नका लागि केही व्यक्तिहरु लागि परेको आफूलाई महसुस हुन थालेको भनी बताएका छन् ।
गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमान्दार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै त्यसप्रति आपति जनाएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *