काठमाडौं/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी उनको बुधबार राति काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् ।
बुधबार राति अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पताल पु¥याइँदा चिकित्सकले उनको मृत्यु भैसकेको घोषणा गरेका थिए । म्याग्दी स्थायी ठेगाना भएकी उनी गण्डकी प्रदेशमा कांग्रेसबाट समानुपातिक सांसदका रुपमा रहेकी थिइन् । केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण नखुले पनि डेंगुबाटै भएको अनुमान पनि गरिएको छ । परिवारका सदस्यले भने हृदयाघात भएको अनुमान गरेका छन् ।
मनाङबाट प्रदेशसभामा निर्वाचित भएका राजिव गुरुङ उर्फ दीपक मनाङ्गे फौजदारी अभियोगमा पक्राउ परी कारागार चलान भएको अवस्थामा गौचनको निधनले प्रदेशसभामा सांसद पद रिक्त हुन पुगेको छ । केही समयपछि गौचनको स्थानमा प्रतिक्षासूचीमा रहेकी व्यक्तिलाई सांसदमा नियुक्ति दिलाइने कानूनी व्यवस्था रहेको बताइएको छ ।