भ्रष्टाचारी र काण्डैकाण्डका संरक्षक ओली

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / पछिल्लो पटक नक्कली भूटानी शरणार्थी प्रकरणले मुलुक तातेको मात्रै नभई राजनीतिक दलका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । अरुको आङको भैंसी देख्ने एमाले अध्यक्ष खड्गप्रसाद ओली आफ्नै पार्टीका सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि अनुसन्धान र नक्कली भूटानी शरणार्थी काण्ड झिसमिस पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल निवास वालुवाटार धाएको धायै छन् ।
विगतमा यस्ता अनगिन्त काण्डहरुको संरक्षक ओली रहेको आरोप लागेको छ । जसमध्ये ओलीलले ढाकछोप गरेका काण्डहरु यसप्रकार रहेका भनी चर्चा चल्ने गरेको छ ।
१) विष्णुप्रसाद पौडेल– बालुवाटार जग्गा काण्ड ।
२) भानुभक्त ढकाल– कोभिडको महामारीमा स्वास्थ्य सामग्री खरिदमा ओम्नी घोटाला काण्ड ।
३) गोकुलप्रसाद बास्कोटा– सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद काण्ड ।
४) पद्माकुमारी अर्याल– गिरीबन्धु टि स्टेट र गुणस्तरहीन मल खरिद प्रकरण ।
५) योगेशकुमार भट्टराई– बतास काण्ड ।
६) रामबहादुर थापा (बादल)– ३३ किलो सुनकाण्ड
७) रविन्द्रप्रसाद अधिकारी– वाइडबडी जहाज काण्ड ।
८) वसन्त नेम्वाङ्ग– रेल विभाग काण्ड ।
९) युवराज खतिवडा– भन्सार छुट काण्ड ।
१०) रघुवीर महासेठ– पप्पु कन्स्ट्रक्सन काण्ड ।
११) पृथ्वी सुब्बा गुरुङ्ग÷महेश बस्नेत– सांसद अपहरण, खरिद बिक्री काण्ड ।
१२) ईश्वरप्रसाद पोख्रेल– पानी ट्याँकी पैसा काण्ड ।
१३) लेखराज भट्ट– चुनखानी काण्ड ।
यी बाहेक अन्य दर्जनौ काण्डहरु छन् । ती सबै काण्डको छानविन गरी दोषीलाई कारबाही कहिले होला भनी जनता प्रतिक्षारत छन् । अहिले राजनीतिक सेवा नभई लुटको लाइसेन्स बनेको चर्चा चल्ने गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *