सडकमा बुढा सु.ई.हरु निर्खिदै, युवाहरुको वर्चस्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं /  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा अनुभवी एवं परिपक्व ठानिएका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई) हरु अवकाशका कारण निख्रिदै जान थालेका छन् । जागिरे जीवनमा लामो समय विताएका सु.ई.हरुमध्ये कतिपयले काँचुली नै फेरेको चर्चा चलेको छ । चलखेल गर्न सिपालु सुईहरुको लागि सडकको जागिर निजामती सेवाका सहसचिवहरुको भन्दा उर्बर र हराभरा रहेको जानकारहरुले बताएका छन् ।

हाल सडक विभाग अन्तर्गत डेढ दर्जन बढी सु.ई.हरु कार्यत छन् । यीमध्ये हाल आयोजना निर्देशनालय एडीबीमा कार्यरत आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठलाई चलखेल गर्न सिपालु बताइएको छ । श्रेष्ठले आगामी २०८४ सालसम्म उमेरहद ६० नबनाइए सडकमा जागीर खानेछन् ।

उमेरहदको म्याद ६० वर्ष बनाउने बर्षौदेखि व्यापक हल्ला चले पनि हुन सकेको छैन । सोही कारण भौतिक पूर्वाधार मन्त्रालयको सुई शिव नेपाल र संघीय सडक सुपरीवेक्षण कार्यालय सुदूरपश्चिमका सुई रुपकराज भण्डारी यही महिनाबाट घर जाँदैछन् । सुई नेपाल यही जेठ २६ र राजभण्डारीको जेठ १८ गते अवकाश हुने बताइएको छ । त्यसपछि मन्त्रालयका सु.ई. अर्जुनजंग थापा कार्तिक ६ गते अवकाश हुँदैछन् ।

सडकका बुढा सुईहरुमा बेलबहादुर भुजेल २०८१ भदौ १२, राजेन्द्र दास २०८१ फागुन ११, हरिकुमार पोख्रेल २०८३ कार्तिक १७ मा अवकाश हुनेछन् । त्यसैपनि अहिले सडक विभाग र मन्त्रालयमा युवा जोश जाँगर भएका सुईहरुको वर्चस्व छ । केही महिना सु.ई.को परीक्षा उत्तीर्ण गरेका शुभराज न्यौपाने र कुवेश नेपालीको हालसम्म पनि पदस्थापन भएको छ । यिनीहरुलाई अवकाश हुनेहरुको ठाउँमा लगिने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *