वनको महानिर्देशकमा वाग्ले

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा सहसचिव शिव वाग्ले नियुक्त भएका छन । श्रावण ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट वाग्लेलाई जिम्मेवारी दिइएपछि वाग्लेले गत श्रावण ८ गते पद बहाली गरेका छन् ।
गत असार ११ गते वन विभागको महानिर्देशकबाट दिवेशमणि त्रिपाठीको अवकाश भएपछि झण्डै एक महिना महानिर्देशकको पद रिक्त रहेको थियो । वन विभागले केही अधिकार प्रदेशअन्तर्गतका डिभिजन बन कार्यालयमा गएपछि अहिले विभाग हुलाकजस्तै बनेको जानकारहरुले बताएका छन् ।
कुनै समय आकर्षक मानिने वन ता भूसंरक्षण विमाग क्षमतावान् महानिर्देशकको अभावमा कर्मकाण्डी बन्दै आइरहेको छ । तराईमा सालका मुढा कुहेर गैरहेको वर्तमान अवस्थामा नीति बनाएर बजारमा बिक्री गर्न नसक्दा बजारमा अहिले मलेसियन झ्याल, ढोका लगायतका फर्निचरको बिगबिगी बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *