पाण्डेलाई तस्करीको सुन रोक्न त्रिभुवन विमानस्थल पठाइयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लाज छताछुल्ल भएपछि सुरुवालको इंजार कस्ने प्रवृत्ति छ । गत श्रावण ३ गते त्रिभुवन विमानस्थल भन्सार पार गरी एक क्विन्टल सुन समातिएपछि अर्थ मन्त्रालयले सहसचिव डा. टोकराज पाण्डेलाई त्रिभुवन विमानसथल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।
यसअघिका भन्सार प्रमुख अरुण पोख्रेल अर्थ मन्त्रालय सरुवा भएका छन् । अर्थमन्त्रीलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल र भैरहवा भन्सार प्रमुख मणिराम पौडेललाई सरुवा गर्न सुझाइए पनि बेवास्ता गरेका थिए । त्रिभुवन विमानस्थल भन्सारबाट सुन, भैरहवा भन्सारबाट गाडी लगायतका सामानको तस्करी हुने गरेको समाचार श्रोतले बताएको छ ।
हाल भन्सार विभागको महानिर्देशक रहेका शोभाकान्त पौडेल टाठाबाठा भए पनि व्यवस्थापनमा कमजोर रहेको जानकारहरुले बताएका छन् । २१औं पटक सेटिङमार्फत पास भएर २२औं पटकमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको विशेष सकृयतामा उक्त सुन विमानस्थल प्रवेशको मूलद्वारमा समातिएको थियो ।
सुनकाण्डको जरैसम्म पुग्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घोष गरेका छन् । हाल उक्त सुनका भरिया बाहेक मालिक को हो पत्ता लाग्न सकेको छैन । यसैबीच तस्करी रोक्न त्रिभुवन विमानस्थल भन्सार पठाइएका पाण्डेको परीक्षाको घडी शुरु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *