सरकारी मानो सकिन लागेका सचिवहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारी सेवामा प्रवेश गरेर जिन्दगीलाई हराभरा बनाउन र विभिन्न चलखेल गरेर सम्पत्ति जोड्न सक्रिय रहेका सचिवहरु धमाधम अवकाश हुँदैछन् ।
यसैक्रममा आगामी २०८० भदौ ४ गते गोपीकृष्ण खनाल अवकाश हुँदैछन् । त्यसैगरी असोज ११ गते रविन्द्रनाथ श्रेष्ठको पनि अवकाश हुँदैछ । श्रेष्ठले सडक विभागको महानिर्देशक, भौतिक सचिव र हाल शहरी विकास मन्त्रालयको सचिव हुँदा अकूत सम्पत्ति आर्जन गरेको बताइएको छ । आगामी कार्तिक ११ दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र सचिव भरतराज पौडेल, २०८० पुस ९ गते ऊर्जा सचिव दिनेशकुमार घिमिरे र फागुन ६ गते खेलकुद सचिव सूर्यप्रसाद गौतमको पनि अनिवार्य अवकाश हुने समाचार श्रोतले जानकारी दिएको छ ।
अवकाश हुने अन्य सचिवहरुमा देवकुमारी गुरागाईं फागुन २६, केवलप्रसाद भण्डारी (श्रम सचिव) १० चैत रहेका छन् । हाल शिक्षा सचिव रहेका सुरेश अधिकारी २०८१ वैशाख १७, रेवतीरमण पौडेल २०८१ वैशाख १८, सुशीलचन्द्र तिवारी २०८१ असार १३ रहेका छन् ।
आगामी भदौदेखि २०८१ असारसम्म झण्डै एक दर्जन सचिवहरु घर थन्किने भएपछि वरिष्ठ सहसचिवहरुले मौका पाउने भएका छन् । कतिपय सहसचिवहरु वरिष्ठ भएर पनि शक्तिकेन्द्रको आँखामा नपर्दा सचिवै नबनी अवकाश हुने गरेको विगतमा पाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *