भक्तपुरमा पेस्तोलसहित पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ दुई थान कटुवा पेस्तोलसहित ४० वर्षीय जंगे माझी पक्राउ परेका छन् । उदयपुर जिल्ला स्थायी ठेगाना भई घइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमि न.पा.वडा नं.१ लोकन्थली बस्ने माझीलाई बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकका अनुसार उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसमेत फेला परेको थियो । उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८÷३० वर्षका अश्विन दाहाल चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।
यसैबीच भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका वडा नं.२ स्थायी ठेगाना भएका उनलाई विहीबार बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *