तिजको अवसरमा इनरुवामा महिला भेला

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई
इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति रहेको थियो ।
हिन्दु नारीको माहान् चाड तिजको अवसर पारेर जिल्ला पार्टी कार्यालयमा सयौं महिलाहरु भेला भई उल्लासमय ढंगले सांस्कृतिक कार्यक्रमा नित्य प्रदर्शनी गरेका थिए । तिजको अवसरमा रातो साडीमा सजिएका महिलाहरुले कलात्मक रुपमा छमछमी नाचे । गीतमा नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेपाल महिला संघकी जिल्ला अध्यक्ष विजया कटुवाल, नगर उपप्रमुख विनिता मेहता, पूर्व उपप्रमुख जमुना गौतम, नगर समितिका उपसभापति विनिता दाहाल, प्रतिमा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई नगर प्रमुख केदार भण्डारी, पूर्व राज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव वीरेन्द्र साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई रोचक बनाउन म्यूजिक चेयरको कार्यक्रम राखिएको थियो जसमा प्रथम विजेता नविना पोखरेल भएकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *