रायमाझी अस्पतालमा भर्ना

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । रायमाझीको मुटुमा समस्या भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बुधबार भर्ना गरिएको हो ।
रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी डा. चन्द्रमणि पौडेलले दिंदै उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए । उनलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको जानकारी दिंदै पौडेलले अहिले मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको जानकारी दिए । उनको मुटुको चाल मात्र कम भएको डा. पौडेलले जानकारी दिंदै थप अवस्था थप परिक्षणहरुबाट आउने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *