अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । यसै महिना भुटानमा सम्पन्न आठौं साउथ एशियन करातेमा पदक जित्न सफल लैनचौर डोजोका खेलाडिहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान अर्पण गरेको हो । डोजोले खेलाडिहरुलाई प्रोत्साहन स्वरुप एक रात्रि भोजको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि आध्यात्मिक गुरु लामा घ्याछो रिम्पोछेले खादा ओडाएर खेलाडि तथा प्रशिक्षकहरुलाई आशिर्वाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो । आठौं साउथ एशियन करातेमा स्वर्ण पदक विजेता विनिता श्रेष्ठ, तिरुता तामाङ दोङ, सोनु श्रेष्ठ, विनुमाया तामाङ, एलन श्रेष्ठ, रेहान जावेद, रेफ्रि कोर्षमा सफल लक्ष्मण खड्का र रत्न थापामगर तथा प्रमुख प्रशिक्षक राम थारु र प्रशिक्षक चन्द्रबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *