एक वर्षमा डेढ दर्जन सचिवहरु घर जाने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाल सरकारका विभिन्न सेवामा रहेका डेढ दर्जन सचिवहरु चालु आर्थिक वर्ष २०८१÷०८२ मा अवकाश पाउने भएका छन् । सचिवहरुसँगै दुई हजार बढी सरकारका कर्मचारीहरुले पनि अवकाश पाउने निजमती किताबखाना श्रोतले जानकारी दिएको छ ।
यस अनुसार चालु आर्थिक वर्षमा नेपाल प्रशासन सेवा, संसद सेवा, परराष्ट्र, इन्जिनियरिङ, न्यायसेवा र लेखा परीक्षण सेवाका विशिष्ट श्रेणीका १८ जना सचिवहरुले अवकाश पाउने भएका छन् । अवकाश पाउनेहरुमा ५८ वर्ष पूरा भएका र पाँच वर्ष सचिवका रुपमा सेवा अवधि पूरा गर्नेहरु रहेका छन् । गत २०८१ श्रावणदेखि आगामी २०८२ असार मसान्तसम्म सबैभन्दा पहिला २०८१ मंसिर २८ गते कार्यकाल पूरा गर्न लागेका न्यायसेवाका तोयानाथ अधिकारीले राजीनामा गरेर सबैलाई पछि पारेका छन् ।
त्यसपछि आगामी १५ भदौमा का.मु. मुख्य सचिव लीलादेवी गड्तौला, ५८ वर्षे उमेर हदले अवकाश हुँदैछिन् । भदौ २२ मा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली (५वर्षे सचिवका कारण), कात्तिक ५ गते हाल सञ्चार तथा सूचना प्रविधि सचिव रामकृण सुवेदी (५वर्ष) र १३ मंसिरमा इन्जिनियर सेवाका शहरी विकास सचिव मणिराज गेलाल ५८ वर्षका कारण अवकाश हुने सूचीमा रहेका छन् ।
यसैगरी माघ २० गते महिला बालबालिका मन्त्रालयका सचिव दिनेश भट्टराई (५वर्षे) ११ फागुनमा स्वास्थ्य सचिव डा. रोशन पोख्रेल (५वर्षे), १२ फागुनमा नक्कली भूटानी प्रकरामा मुछिएका टेकनारायण पाण्डे (५वर्षे) फागुन १६ गते अर्थसचिव मधुकुमार मरासिनी ५८ वर्षे, हालका गृहसचिव एकनारायण पाण्डे ५ वर्षे कार्यकाल विताएर अवकाश हुने सूचीमा छन् । अर्याल मुख्य सचिवका प्रबल दाबेदार र बलिया उम्मेदवार हुन् ।
त्यसैगरी नयाँ वर्षको भोलिपल्ट अर्थात् २०८२ बैशाख २ गते तथ्यांक कार्यालयका तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेल (भावी अर्थसचिवको चर्चा) बैशाख २ गते नै न्यायसेवाकी निर्मला पौडेल भट्टराई, २५ वैशाखमा विनोद प्रकाश सिंह, (हाल महालेखा नियन्त्रक) ३० वैशाखमा गणेश प्रसाद पाण्डे (पर्यटन सचिव) २८ जेठमा न्याय सेवाका सचिव उदयराज सापकोटा, ३० जेठमा संसद सेवाका सुदर्शन खड्का र असार ५ गते परराष्ट्र सचिव सेवा लम्सालको अवकाश हुने वताइएको छ । यी बाहेक महालेखा परीक्षक कार्यालय डा. वासुदेव शर्मा (उप महालेखा परीक्षक) पनि अवकाश हुने सूचीमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *