कठमाडौं/ नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेको सय दिन नपुग्दै सुधारका संकेतहरु देखिन थालेका छन् । युवा नेता पौडेलको अग्नि परीक्षाको घडी शुरु भएको छ । इच्छाशक्ति र गरे हुँदो रहेछ भन्ने कुराको उदाहरण स्वास्थ्य मन्त्रालयमा बिग्रिएर बसेका करौडौं मूल्य पर्ने र मर्मतका नाममा करोडौं खर्च हुने गरेका स्वास्थ्य उपकरणहरु महावीर पुनको आविष्कार केन्द्रलाई दिने सहमति गरेपछि पुष्टि भएको छ ।
त्यसैगरी स्वास्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले प्रादेशिक अस्पतालहरुलाई दिने विभिन्न औषधि र उपकरणहरु ख्रिद गर्दा ठूलो आर्थिक चलखेल गर्ने गरेको जानकारहरुले बताएका छन् । यस्ता बेथिति र विकृतिहरुप्रति यसअघिका स्वास्थ्यमन्त्रीहरु मोहनबहादुर बस्नेत, उपेन्द्र यादव र प्रदीप यादवको ध्यान नगई उनीहरु कमिशनमा रमाउने गरेको समाचार सूत्रले जानकारी दिएको छ । वर्षौदेखिका यस्ता प्रवृत्तिलाई मन्त्री बनेपछि पौडेलले सफा गर्न लागेका छन् ।
यसबाहेक स्वास्थ्य उपचारमा जनताले खेप्नु परेको सास्तीलाई मध्यनजर गरी स्वास्थ्यमन्त्रीको निर्देशन अनुसार संघीय अस्पतालहरुले सेवामा सुधार गरेका छन् ।
यसअघिका १ सिफ्टमात्र सञ्चालन हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु, थापाथली अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पतालमा ओपीडी सहित विशेषज्ञ सेवा दुई सिफ्टमा शुरु भएको समासचार श्रोतले बताएको छ । यसैगरी राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल बाँके, नारायणी अस्पताल वीरगञ्ज, मनमोहन कार्डियोथेरापिक काठमाडौं, कान्ति बाल अस्पताल, पाटन अस्पताल, जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, डँडेलधुरा अस्पताल र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवाग्राहीको चाप र उपलब्ध श्रोत साधनको तारतम्य मिलाई थप ओपीडी काउन्टर सञ्चालन गरी भीड नियन्त्रणको लागि टोकन प्रणाली पनि जडान गरिएको बताइएको छ ।
अझै निजामती अस्पतालमा टिकट लिनेहरुको राति ३ बजेदेखिको भीड व्यवस्थापन गर्न मन्त्री पौडेलले प्रयास गरी रहेको मन्त्रालय श्रोतले बताएको छ ।
यसरी स्वास्थ्य क्षेत्रको सुधार र बेथिति तथा विकृति पन्छाउने अभियानमा मन्त्री पौडेल लागेपछि मन्त्रालय र विभागमा बसेर कमिसन कुम्लयाउन पल्केका भ्रष्ट कर्मचारीहरुको निद हराम भएको जानकारहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतका विभाग र कार्यालयहरु भ्रष्टाचारको लागि उर्वर ठाउँ मानिन्छ ।
स्वास्थ्यको बेतिथि र विकृति पन्छाउँदै मन्त्री पौडेल
Facebook Comments Box