श्रीलङ्काका प्र.मं.सँग ढकाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले श्रीलङ्काका नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरियासँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् ।
त्यहाँ प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिवृद्धि गर्नेबारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सो अवसरमा सांसद ढकालले नेपालका प्रधानमन्त्रीका तर्फबाट बधाइ तथा शुभकामना पनि दिएका थिए । प्रधानमन्त्री हरिणी अमरासुरियालाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि उनले आग्रह गरेको जनाइएको छ ।
प्रधानमन्त्री अमरासुरियाले नेपालसँगको विशेष मैत्रीपूर्ण सम्बन्धलाई जोड दिएको पनि जनाइएको छ । सांसद ढकालले श्रीलङ्काली नवनिर्वाचित सभामुख डा. जगत विक्रमारत्नेसँंग पनि शिष्टाचार भेट गरेका थिए । यसैगरी श्रीलङ्काको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासँग पनि ढकालले भेट गरेको जनाइएको छ । नेपाल र श्रीलङ्काबीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *