चाँगुनारायण क्षेत्रमा मन्त्रीको अनुगमन

Nayabimarsha (Weekly Newspaper from Nepal)
सन्जिव दुलाल

भक्तपुर/ चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उनीहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्वसचिव मणिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका थिए ।
चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उनीहरूले अवलोकन गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समयदेखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा शहरी विकास मन्त्री स्वयम् चाँगुनारायणको अवलोकनमा निस्किएका हुन् । उनीहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोट, वडा नम्बर २, वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गरेका थिए ।
चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडि बढाइने भनी अर्थ तथा शहरी विकास मन्त्रीले त्यहाँ सरोकारवालाहरुलाई बताएका थिए । लामो समयदेखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोलीसहित नगरपालिका क्षेत्रको अवलोकन भएको नगर प्रमुख खत्रीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *