‘जय जय शम्भु…..’ बबिनाको श्वरमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ देवादिदेव भगवान महादेवको महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले ।
भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्टराईको आफ्नै आध्यात्मिक युट्युब च्यानल श्री भजन्स् मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका हुन् ।
शिव भजन ‘जय जय शम्भु…..’ को भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौको पूर्वोत्तरमा रहेको प्रसिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिवलिङ्ग स्थापित गरिएको छ । सोही स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिना एउटी शिव भक्तिनीको रुपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आफूलाई हराएकी छिन् । भजनमा उनी यति डुवेकी छिन् मानौ भजन गाइरहँदा साक्षात देवाधिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषाले सबै नारीहरुले अनुशरण गर्नुपर्ने एउटी साध्वी नारीको रुपमा उनी प्रस्तुत भएकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *