युएसआडीको बजेट कटौतीले रुवाबासी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा लगानी गर्दै आइरहेको एसआइडीको कार्यक्रम रोकेपछि हरियो डलरमा चर्दै र रमाउँदै आएका एनजिओ र आइएनजीओहरुको रुवावासी शुरु भएको छ ।
नेपालमा युएसआइडी मार्फत झण्डै एक खर्बको हाराहारीमा अमेरिकाले लगानी गर्ने गरेको थियो । अहिले युएसआडीको कार्यक्रम नै बन्द गर्ने अमेरिकी प्रशासनको घोषणाले करोडौंको गाडी चढेर तारे होटलमा रमाउने कर्मचारीहरुले पुर्पुरो समाउन थालेका छन् । पछिल्लो समय युएसआडीको लगानीमा एनजिओ र आइएनजीओहरुले स्वास्थ्य, कृषि र अर्थमन्त्रालय लगायतका अन्य केही मन्त्रालयबाट कार्यक्रम चलाएर कर्मचारीहरुले हरियो डलरको आडमा कलर फेर्ने गरेका थिए ।
अमेरिकी सहयोगमा सञ्चालनमा रहेका कार्यक्रमहरुमध्ये सबैभन्दा धेरै स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रसँग सम्बन्धित छन् । अर्थमन्त्रालय श्रोतका अनुसार युएसआडी मार्फत भएको औपचारिक सम्झौता अनुसार झण्डै ९० अर्ब नेपाली रुपियाँ बराबरका कार्यक्रम सञ्चालनमा रहेका छन् । एनजीओ र आइएनजीओ चलाएर मोजमस्ती गरेकाहरुको उक्त रकम बन्द भएपछि ओंठ मुख सुकेको जानकारहरुले बताएका छन् ।
युएसआडीको कार्यक्रममार्फत हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । हरियो डलरको आरोप उनीहरुमाथि पनि लागेको छ । अर्थ, स्वास्थ्य, कृषि र बन तथा विभिन्न प्रदेशहरुमा सञ्चालित उक्त कार्यक्रम बन्द हुँदा नेपाललाई ठूलो झड्का लागेको जानकारहरुले बताएका छन् । एयसआइडी बजेटले जनताको दैनिकीमा परिवर्तन नआए पनि एनजिओ र आइएनजीओ चलाउनेहरुको काँचुली फेरिएको थियो अव उक्त कार्यक्रम नै बन्द भएपछि खडेरी लागेको छ । अहिले पनि कतिपय सरकारी ओहदामा र कार्यरत उच्च पदस्थ कर्मचारीहरु एनजिओ र आइएनजीओ पैसामा विदेश भ्रमण गर्ने, रमाउने र कमाउने गरेको समाचार श्रोतले बताएको छ । डलर खाएर रमाउनेहरुबाट देशलाई नाफा घाटा जे भएपनि युएसआइडीको बजेटमा कोको रमाए र कस्ले कति खाए भन्ने कुराको छानविन सरकारले गर्नुपर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *