प्रा.खरेलको नयाँ पुस्तक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चरः वेनिथ एण्ड वियोण्ड द बोर्डर्स’ सार्वजनिक गरिएको छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा नेपालको आमसञ्चार र पत्रकारिता अध्ययन जगतका अभिभावक मानिने खरेलको नयाँ पुस्तकको विमोचन गरिएको हो । त्रिविका रेक्टर प्रा.डा. खड्ग के.सी., पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल, प्राध्यापक खरेल, टंक उप्रेती, श्रीराम पौडेल, ऋषिकेश दाहालसहितले सो पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
के.सी.ले प्राध्यापक खरेलको लेखकीय सक्रियता, लगनशीलताबाट अरूलाई उत्प्रेरणा मिलिरहेको बताए । के.सी.ले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । लेखक तथा प्राध्यापक खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए । आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरू प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उनले सो अवसरमा बताएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *