नर्सहरुलाई क्रिटिकल केयर तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल मेडिकल कलेजद्वारा स्टाफ नर्स (सेविका) हरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरिएको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई दुई दिने तालिम सञ्चालन गरेको हो ।
नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको जनाइएको छ । क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी के.सी. भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. नीलमणि उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताएका छन् । उनले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विश्वास लिएको बताए ।
तालिमको समापनमा सहभागीहरुलाई सम्वोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताइन् । उनले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने आश्वासन दिइन् ।
बिरामीको उपचारमा चिकित्सकहरुको जति भूमिका रहन्छ, नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा.यासमिनले डाक्टरहरुले लेख्ने औषधि एकै प्रकारको भए पनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गरिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *