भक्तपुर/ फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ सागबारीमा बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले फागुन १८ गते उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाइएको हो । नागरिकतामा रहेको विवरण तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाणपत्र लगायतमा उल्लेखित विवरणहरु फरक पर्न गएकोमा सम्बन्धित पीडितलाई आपूm उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ, फरक परेको विवरण मिलाई दिन्छु भनी विश्वास दिलाई रकम लिई उनी फरार रहेका भनी प्रहरीले जनाएको छ ।
Facebook Comments Box