टेलिकमको ब्रान्ड एम्बेसडर स्वस्तिमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल टेलिकम कम्पनीले कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाएकी नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ । अत्यधिक सफल अभिनेत्रीको रुपमा रहेकी खड्कालाई कम्पनीले मंगलबार एक कार्यक्रममा सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गराएको हो ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेका थिए । सो अवसरमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबद्र्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्ने बताइएको छ । हाल एक वर्षको लागि सम्झौता भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख छ । नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवासुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिने र आफ्ना सेवाहरुको प्रवद्र्धनमार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा टेलिकमले गरेको प्रवक्ता हरि ढकालले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *