ब्रेनब्रिज एजुकेसन चितवनमा बिस्तार

Nayabimarsha (Weekly Newspaper from Nepal)

भरतपुर/ काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले यसरी बिस्तार गर्न लागिएको ब्रेनब्रिजले जनाएको छ ।
काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले आफ्नो शाखा बिस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताएकी छिन् । उनले भनेकी छिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ ।’
एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने बताएकी छिन् । ‘आइइएलटिएस, पिटिइ, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान ब्रेनब्रिज एजुकेसनले गर्दै आएको छ ।
ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *