काठमाडौं/ प्रशिद्ध गायक विश्वराम कार्कीको म्युजिक भिडियो ‘घुमी घुमी’ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्कीले ‘कट्टा हान्दिन्छु…….’, ‘साइँलो ……’ लगायतका लोकप्रिय गीतमार्फत श्रोता–दर्शकमाझ विशेष स्थान बनाइसकेका छन् । कार्कीको यो नयाँ प्रस्तुतिमा पनि संगीतप्रेमीको उत्साहजनक प्रतिक्रिया देखिएको छ । भीम बी.सी.को शब्द तथा संगीतमा तयार भएको ‘घुमी घुमी …..’ गीतको म्यूजिक भिडियोमा गायक विश्वराम कार्की स्वयं पनि मोडलको रुपमा देखिएका छन् । यसैगरी मोडल विक्रम चौहान र दीपा पनेरुको अभिनयले म्युजिक भिडियोलाई झनै आकर्षक बनाएको छ ।
भिडियोको छायांकन तथा निर्देशन पनि विक्रम चौहानले नै गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका बताइएको छ । दर्शकहरुबाट आएको प्रतिक्रियामामा सांगीतिक भाव र दृश्य संयोजनको हिसाबले पनि गीत उत्कृष्ट रहेको भन्ने रहेको छ । भिडियोलाई विश्वराम कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘घुमी घुमी….’ ले प्रेम, उत्साह र रमाइलो भाव व्यक्त गरेको छ । नयाँ गीतसंगीतको दुनियाँमा गायक कार्कीको सक्रियता दर्शकसामु पुनः परीक्षणमा आएको छ । उक्त गीत युट्युबका अतिरिक्त टिकटकमा पनि निक्कै नै रुचाइन थालिएको बताइएको छ ।
‘घुमी घुमी’ म्युजिक भिडियो सार्वजनिक
Facebook Comments Box
