काठमाडौं / श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमलप्रसाद भट्टराईले पाएका छन् । सहसचिव भट्टराईलाई २०८२ वैशाख १५ गतेको मन्त्रीस्तरिय निर्णय गरी पठाइएको हो ।
यसअघि गत २०८१ चैत्र २३ गते मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरिएको थियो । भ्रष्टाचारको अखडाका रुपमा चिनिएको विभागको महानिर्देशकमा भुसाल जान अनिच्छुक देखिएपछि विभागमा हाजीर हुन गएका थिएनन् । लामो समयसम्म भुसाल नगएपछि भट्टराईलाई पठाइएको मन्त्रालय श्रोतले बताएको छ । २०७१ पmागुन १२ का सहसचिव भट्टराईले विभागको महानिर्देशक बन्न तीब्र इच्छा देखाएका थिए ।
नवनियुक्त महानिर्देशक भट्टराईले पर्यटन मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अनुभव बटुलेका छन् । विभाग भित्र देखिएका विकृति र विगंगती एवं भ्रष्टाचारलाई निर्मूल गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई न्याय दिन सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।
वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
Facebook Comments Box
