भौतिकमा रिज्याल भित्रिए, पन्थको थमौती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमडौं/ गत २०८२ वैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अरिरिक्त समूहमा रहेका १४ सहित ४७ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले २७ जनाको सरुवा र २० जनाको कामकाज सरुवा गरेको समाचार श्रोतले बताएको छ ।
यसअनुसार २ महिना अगाडिमात्र सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय भित्रिएका सहसचिव बलराम रिज्याल पनि सरुवामा परेका छन् । सहसचिव रिज्याललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखामा पठाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन हेर्ने सहसचिव चन्द्रकला पौडेल सचिव पदमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा रिज्याललाई पठाइएको समाचार श्रोतले बताएको छ ।
सहसचिव रिज्याल प्रमुख जिल्ला अधिकारी हुनुका लागि मुख मिठ्याए, गृहमन्त्रालय प्रवेश गरे पनि निन्याउरो मु्ख लगाएर भौतिक पूर्वाधार मन्त्रालय छिर्न बाध्य बनेका छन् । गृह प्रशासनले उनको गन्ध मनपराएको सिंहदरबार भित्र चर्चा चलको छ । यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण महाशाखाका सुपरिटेन्टेन्ट इन्जिनियर (सु.ई.) प्राविधिक सहसचिव कृष्णराज पन्थलाई पनि अपमानजनक तरिकाले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको थियो । पन्थले हाललाई सरुवा बदर गरी साविककै ठाउँमा कामकाज गरिरहेको समाचार प्राप्त भएको छ ।
सहसचिवहरुको सरुवामा क्षमता र कार्यदक्षतालाई भन्दा आफ्नो ससम्मान हुन चाहनेलाई प्राथमिकतामा राखिने गरेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चाकडी गर्न सक्ने केही प्राविधिक सहसचिवहरुले मस्ती गर्दै आइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सू.ई. पन्थको ठाउँमा लोकसेवाले पठाएको नयाँ सु.ई. बुद्धरत्न तुलाधरलाई पठाइएको श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *