काठमाडौं/ अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको प्रवेषाज्ञा (भिजा) प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक सञ्जाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिजा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको बताइएको छ । मंगलबार जारी भएको यो आदेशमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।
ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिजा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने समाचारमा जनाइएको छ ।
Facebook Comments Box
