काठमाडौँ । र्यापर मञ्जली तामाङको ‘चेन्ज माइ नेसन’ (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाजसँगै मञ्जली तामाङको जोशिलो र शक्तिशाली ¥यापले गीतमा साँच्चै रोनक थपिदिएको बताइएको छ ।
रिजन बडुको सपोर्ट भोकल र जीवन बडुको कुशल संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङले यस गीतलाई अत्यन्तै व्यावसायिक र श्रोतालाई तान्ने खालको बनाएको बताइएको छ । विवेक लोप्चनको मर्मस्पर्शी लेखन र संगीतमा तयार भएको यस गीतले नेपाली युवाहरूको आवाजलाई विश्वमञ्चमा बुलन्द गरिरहेको छ । विशेषगरी, अंग्रेजीमा आधारित भए पनि यसमा हिन्दीको ‘टच’ रहनुले यसलाई अझ बढी अन्तर्राष्ट्रिय बनाएको छ, जसले भाषाको सीमा नाघेर व्यापक दर्शकमाझ पुग्न मद्दत पुगेको बताइन्छ ।
गीतको भिडियो पक्ष पनि प्रभावशाली छ । निर्देशक आमिर डोङको सिर्जनात्मक सोच र बलियो कन्सेप्टलाई त्रिलोक लामाको उत्कृष्ट छायांकन र सम्पादनले जीवन्त बनाएको बताइन्छ । कुइसाङ रुम्बा, मिलन तामाङ, जनार्दन नेपाल र वर्षा कार्कीजस्ता अनुभवी अतिथि कलाकारहरूको उपस्थितिले भिडियोमा थप विविधता र आकर्षण थपेको छ ।
भ्रष्टाचार, बेरोजगारी, मानव बेचबिखन, मानव अधिकार हनन, र असफल नेतृत्व जस्ता विषयहरूलाई गीतले साहसिक ढंगले उठाएको छ । यो गीतको पहुँच र सोच अन्तर्राष्ट्रिय स्तरको रहेको भनी टिप्पणी गरिएको छ । गीतमा अमेरिकी राष्ट्रपति, किम जोङ उनदेखि युरोप र अफ्रिकाका देशहरूसम्मका सन्दर्भहरू आउँछन्, जसले यसको विश्वव्यापी दृष्टि र सन्देशलाई प्रस्ट पार्छ ।
‘चेन्ज माइ नेसन’ चर्चामा
Facebook Comments Box
