काठमाडौँ/ १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा मंगलबार भव्य स्वागत गरिएको छ ।
शुक्रबार बिहान ३ः१३ बजे उनले चौथो पटक ८,८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । खुम्बुका २९ वर्षीय कीर्तिमानी शेर्पालाई काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् ।
सगरमाथामा पाइला राख्ने नेपालीजनको संख्या उल्लेख्य छ । यसरी विभिन्न किसिमका कीर्तिमान राख्ने नेपालीजनहरुमध्येमा ताशीले १५ दिनभित्र चार पटक सगरमाथाको सफल आरोहण गर्नु चानचुने कुरा नभएको बताइन्छ ।
यस्ता आरोहीहरुलाई नेपाल सरकारले सम्मान गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यस्ता आरोहीहरुको विश्व कीर्तिमानलाई विश्वभरी फैलाउन नेपाल सरकारले कञ्जुस्याइँ गर्नु नहुने आवाज पनि उठिरहेको छ ।
सगरमाथामा ताशीको नयाँ कीर्तिमान
Facebook Comments Box
