काठमाडौं/ नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान ८ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको सो रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका समाजले जनाएको छ ।
समाजका अध्यक्ष पशुपति दाहालको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं.६ का वडा अध्यक्ष भुवन लामा थिए । विशेष अतिथिमा ओम रोका मगर, अतिथिहरूमा आमा थकालीका प्रोपाइटर पूर्णकुमार गुभाजु, व्यवसायी रोसन रत्न शाक्य रहेका थिए । यसैगरी ङिमा छिरिङ्ग बुढा, छिरिङ्ग फिन्जो गुरुङ्ग, सुमन लामा, प्रेमबहादुर पाण्डे लगायत संस्थाका सल्लाहकारहरूले पनि कार्यक्रमलाई गरिमा प्रदान गरेका थिए । कार्यक्रम सचिव अजय लामाले संचालन गरेका थिए ।
फलपूmलको व्यवस्थापन बौद्ध निवासी समाजसेवी माँ बगलाले गरेकी थिइन् । कार्यक्रममा ३२ जना रक्तदातालाई प्रमाणपत्र र कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
कार्यक्रममा मिडिया पार्टनरको रुपमा भिजन न्युज नेपाल र हेल्थ पाटी रहेका थिए ।
बृहत ‘रक्तदान’ बौद्धनाथ स्तूपमा
Facebook Comments Box
