काठमाडौं/ नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीबीएलओको तीन दिने सम्मेलनले कवि वैरागी काइँलालाई छ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।
नेदरल्याण्डको द हेगमा जीविएलओको छैठौं विश्व सम्मेलनमा उक्त घोषणा गरिएको हो । सो सम्मेलनको उद्घाटन नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।
Facebook Comments Box
