काठमाडौं/ संघीय निजामती विधेयक अहिले प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको छ । विधेयकमा निजामती कर्मचारीहरुको उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने उल्लेख छ ।
उमेर हद कार्यान्वयन भए पहिलो पटक एक वर्ष र त्यसपछि ६/६ महिना गरिने उल्लेख छ । त्यसो भए उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सचिवहरुको कार्यकाल एक वर्ष लम्बिनेछ । संघीय निजामती विधेयक कुलिङ्ग पिरियडमा जालझेल भएकाले राष्ट्रिय सभाबाट सच्चाउन सात सदस्यीय छानविन समिति समेत गठन भएको छ । नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन भएर काम शुरु भैसकेको छ । राष्ट्रिय सभामा एमालेका ५ जना सांसदले संशोधन प्रस्ताव हालेपछि अवस्था गञ्जागोल बन्न पुगेको छ । हालका मुख्यसचिव एकनारायण अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जान चाहिरहेकाले संघीय निजामती विधेयक पारित नहुने जानकारहरुले बताएका छन् ।
कुलिङ्ग अफ पिरियडको अवधि शुरुमा २ वर्ष राखिएकोमा अहिले नेकपा (माओवादी केन्द्र) ले ३ वर्ष र काँग्रेसले ४ वर्ष बनाउनुपर्ने माग गरेका छन् । एमालेले सकेसम्म राख्नै नहुने बताउँदै आइएहेको छ । पुरानै २ वर्षलाई आधार मान्ने हो भने पनि आगामी हिँउदे अधिवेशन अगाडि संघीय निजामती विधेयक पारित नहुने जानकारहरुले बताएका छन् । आगामी मंसिर १० गते मुख्यसचिव अर्यालको अवकाश हुने हुँदा त्यसपछि मात्र पास हुनसक्ने बताइएएको छ । यस्तो भएमा यो आर्थिक वर्षमा केही ५ वर्षे सेवा अवधि र केही ५८ वर्षे उमेरहदका कारण अवकाशमा जादैछन् । गत श्रावण ८ गते नायव महान्यायधिवक्ता टेकबहादुर घिमिरे र श्रावण ५ गते न्यायसेवा आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र मन्त्रिपरिषद कार्यालयका कानून सचिवमा कार्यरत फणिन्द्र गौतमको अवकाश भएको श्रोतले बताएको छ ।
इन्जिनियरिङ्ग सेवाका चारजना सचिवहरुमध्ये ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव सुरेश आचार्य आगामी भदौ १५ गते भौतिक मन्त्रालयको सचिव केशवकुमार शर्मा अगामी चैत्र ९ गते, नेपाल ट्रष्टका रामआधार साह २०८३ बैशाख १ गते र खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्य २०८३ असार १७ गते अवकाशमा जाने किताबखानाको अभिलेखमा उल्लेख छ ।
त्यसैगरी आगामी चैत्र १२ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक बराल, फागुन १० गते युवा तथा खेलकुद सचिव हरिप्रसाद लम्साल, गृहसचिव गोकर्ण दुवाडी मंसिर १० गते, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका डा. सचिव रामप्रसाद घिमिरे फागुन १०, श्रम सचिव कृष्णहरि पुष्कर २०८३ असार २४ र राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी २०८३ असार २१ गते अवकाशमा जाने भएपछि ठूलो संख्यामा सचिवहरु अवकाशमा पाउने भएका छन् । आगामी मंसिरपछि कुलिङ्ग अफ पिरियल लागू भए यी सबै हिस्स पर्नेछन् ।
यो आ.व.मा मुख्य सचिवसहित अवकाश हुने सचिवहरु
Facebook Comments Box
