जेन–जी विद्रोहपछि काँग्रेसभित्र पुस्तान्तरणको माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

कृष्ण लम्साल

काठमाडौं/ गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली काँग्रेसभित्र पुराना र बुढा अनुहारलाई ससम्मान विदाई गर्नुपर्ने र युवालाई अगाडि बढाउनुपर्ने माग बढेको छ । यो आन्दोलनले काँग्रेसमा जेन–जी पुस्ताभित्र नपरे पनि महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको काँधमा अबको नेतृत्व जानुपर्ने आवाज उठ्न थालेको छ ।
यो आवाजमा पार्टीको नेतृत्व शर्मा र सरकारको नेतृृृृृत्व थापालाई भन्ने आवाज उठेको छ । यो आवाज असन्तुष्टि र पूर्वाग्रहको नभै आम पार्टीभित्रका युवाहरुको दीर्घकालीन चाहना हो । जेन–जी आन्दोलनले काँग्रेसका शीर्ष नेताहरुको कुकर्मको छिनोफानो समेत गरेको छ । काँग्रेसमा पुराना नेताहरुले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न आनाकानी गर्दा पार्टी सभापति शेरबहादुर देउवा आन्दोलनकारीको निशानामा परे । विश्व इतिहासलाई हेर्ने हो भने समयमै पदत्याग गर्ने नेताहरु सम्मानित र कुर्चीमोह गर्नेहरु अस्वीकृत भएका छन् ।
नेपालको अहिलेको अवस्थालाई हेर्ने हो भने सभापति देउवा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइरालालगायतका नेताहरु अब जनताबाट अस्वीकृत हुने संभावना बढेको छ ।
काँग्रेसमा मौलाएको गुटगत राजनीति, पद लोलुपता र आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिले पार्टीलाई संस्थागत संकटमा पु¥याएको छ । पार्र्टी नेताहरुका झोले र भरौटे कार्यकर्ताहरुबाहेक काँग्रेसको समग्र राजनीतिमा अन्यलाई न्याय भएको देखिँदैन । काँग्रेसमा न्याय नपाएका, उपेक्षित बनेका र दबाइएका पुस्ताले विद्रोह गरे भने त्यो विद्रोहले पूरै काँग्रेस भष्म हुन सक्छ । तसर्थ यिनै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै काँग्रेसभित्र पुस्तान्तरण हुनु जरुरी छ ।
देश, जनता पार्टी जहाँसुकै जाओस तर मेरो पद सुरक्षित रहनुपर्छ, मैले मात्रै सत्तामा रमाउन र कमाउनु पर्दछ भन्ने मानसिकताले जरो गाड्दा रमेश लेखक र आरजु राणाको राजनीति उठ्नै नसक्ने अवस्थामा पुगेको छ ।
यसैवीच काँग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान शुरु गरेको बताइएको छ । ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भएपछि सभापति देउवा एक कदम पछाडि हटेको र विश्वप्रकाशलाई पार्टी र गगनलाई सरकारको नेतृत्व दिनुपर्ने बहस शुरु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *