काठमाडौँ/ लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ ।
सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा तथ्य–सूचना प्रवाहमा खड्काको योगदान उच्च प्रशंसनीय रहेको भन्दै एक संस्थाले विशेष सम्मानले विभूषित गरेको हो । सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ का अवसर पारेर सम्मान प्रदान गरिएको हो । गत शनिबार काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन समारोहमा उहाँलाई सम्मान प्रदान गरिएको थियो ।
यो समाज सामाजिक रुपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविच्छिन्न रूपमा क्रियाशील रहँदै आएको बताइएको छ । नागरिक समाजले सम्मान तथा अवार्ड कार्यक्रममार्फत समाजका विविध क्षेत्रका प्रतिभा, श्रष्टा तथा योगदानकर्तालाई सम्मान प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष यामबहादुर जि.सी.को सभापतित्व तथा पनाह अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा.डा. चिरञ्जिवी शर्मा, व्यवसायी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. वद्री रिजाल, जन चेतना समाज परिवर्तन नेपालका अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
अध्यक्ष जिसीले सामाजिक रुपान्तरणका लागि नागरिक समाजले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी संस्थाका सल्लाहकारहरु डा. सुन्दर थापा, मनोहरि कँडेल डा.मनोरद्दिन सैयद, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठको उपस्थितिमा समाज डेण्टल हस्पिटल तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालन कार्य सम्झौता गरिएको थियो ।
सोही अवसरमा आठ विशिष्ट व्यक्तित्वहरुलाई संस्थाको मानार्थ सदस्यता वितरण गरिएको थियो । वरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, व्यवसायी दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, पर्यटन व्यवसायी डा. धनन्जय रेग्मीलाई विशिष्ठ व्यक्तित्व सम्मान प्रदान गरिएको थियो ।
पत्रकार खड्कालाई नागरिक सम्मान
Facebook Comments Box
