रोशन काफ्ले
ललितपुर/ पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरका विभिन्न मन्दिरहरूको दर्शन गर्नु भएको छ । गत शनिबार बगलामुखी मन्दिर पुग्नु भएकी शाहले त्यसपछि गोल्डेन टेम्पल, कृष्ण मन्दिर, तलेजु मन्दिरको दर्शन गर्नु भएको जनाइएको छ ।
त्यसक्रममा उहाँले कुमारीको दर्शन गर्नु भएको थियो । करिब ४ घण्टा ललितपुरमा बिताउँदा शाले विदेशी पर्यटकहरूसँग पनि कुराकानी गरी आफूलाई सर्वसाधारणको रुपमा प्रस्तुत गर्नु भएको थियो । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टमार्फत विभिन्न सामाजिक कार्यमा पनि सक्रिय हुनु हुन्छ ।
नेपालमा राजतन्त्रको समाप्तिपछि पनि राजपरिवारका सदस्यहरुले नेपालमै बसी रचनात्मक कार्यहरु गरिरहेको कुरालाई नेपालीजनले हृदयदेखि नै मन पराएको उदाहरण हिमानी शाहको कार्यक्रममा हुने उपस्थितिले जनाउने गरेको बताइन्छ । त्यसो त राजपरिवारका सदस्यहरु हृदयेन्द्र शाहदेखि पारश शाहका गतिविधिहरुलाई समेत नेपालीजनले चासोका साथ हेर्ने गरेको बताइन्छ ।
हिमानी शाह ललितपुरमा व्यस्त
Facebook Comments Box
