तह मिलान

Nayabimarsha (Weekly Newspaper from Nepal)
हेम अधिकारी

एकपटक ब्रह्माजीलाई आपूmले सिर्जेका मानिसहरू धेरै तहैतह भएर किचलो गर्न थालेछन् बरु गएर एकखेप तह मिलान पो गरिदिनुप¥यो भन्ने मनसुबा भएछ । धेरै पर्खिनु हुन्न भनेर पृथ्वीतिर झरेछन् । माथिबाट ओरालो लागेपछि हेर्दैहेर्दै चारैतिर विहङ्गावलोकन गर्दै पहिले कहाँ जाऊँ भनेर एकछिन् माथ्लो रमितेमा थरक मारेर लख काटेछन् । यो नेपाल अलिक नजिकै छ बरु त्यतैबाट थाल्नुपर्ला भनेर यसो कैलाश हुँदै ओरालो लागेछन् । शिवजी पनि पो जान्छन् कि भनेर विचार गर्दा भरे ती गडबडेलाई ठोक्छन् पो कि भन्ने लागेछ र सरासर हिमालय पर्वत नाघेर तल्तिर झरेछन् ।
आफैँले सिर्जेका हुन् किन नमान्लान् र मिलाइहाल्छु नि भनेर निर्ढुक्कसँग लागेछन् राजधानीतिर । आखिर त्यहाँ मिलाउँदा सबैतिर मिलिहाल्छ नि । पहिले राणाले तहतह बनाएर खुत्रुक्कै पारेथे । पछि पञ्चायतले नि तिनै राणालाई गाली गर्दै उनकै पाइला पछ्याएथे । अहिलेकाले ता त्यसो गरेका छैनन् होला सजिलै हुन्छ भनेर निर्ढुृक्क भएर चन्द्रागिरिबाट भित्र पस्नै लाग्दा त्यो गिरिको सातोपुत्लो लिएको देखेर गाईका खुरजत्रो टुप्पी झन्नै तातेछ ।
पहिले देवकोटा भन्ने एउटा तेजिलो केटोले “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भनेर अह्राएथ्यो टेरे ता होलान् नि भनेर अलिक शान्त भएर भानुले भनेको कान्तीपुरी नगरीतिर हान्निएछन् ।
त्यहाँ हेरेर ता ब्रह्माजी के को तीनछक्क मात्र कति हो कति छक्क परेछन् । राजा मासेर धेरै राजा भए भने देश बन्दैन भनेर कोनि कुन् भँडारी कुन् केटाले भन्थ्यो रे राजैराजा पो भएछन् तर श्रीपेच बिनाका । भँडारे कुँडारे, हुँडारे, भुँडारे, सुँडारे, खोले, मोले, टोले कति हो कति तह ता । अब कताबाट थाल्ने तलबाट थाल्दा माथि नमान्ने माथिबाट थाल्दा तल नजाने । बाफरे बाफ ! यो देश ता के देश के देश देश कि विदेश !
भो म मिलाउँदिन अब जे गरुन् जे गरुन् भनेर ब्रह्माजी सिधै उनका लोकमा गएछन् । उहाँ पुग्नासाथ ब्रह्यणीले सोधिछन्ः तह राम्ररी मिलाएर आउनु भयो त ? उत्तर दिएछन् ः के को मिलाउनु शिवजीलाई लिएर गएर उनको झोँक निकालेपछि केही ठेगान् लागे भने मिल्ला नत्र ता अहँ, नेपालको गतिमति हेरेर अन्त जानै बिर्सिएर आएँछु । (दमक, झापा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *