गीत

Nayabimarsha (Weekly Newspaper from Nepal)

कौशल कुमार भट्टराई

सप्तकोशीको छालसँगै,
तिम्रो माया आउँछ भनी ।
पर्खी बसें मायालु,
बाउन्नै ढोकामा छाल गनी ।।
सप्तकोशीको ………….. भनी

विरक्तिएको यो मनमा,
झिनो आशा लिई ।
रात गयो दिन गयो,
बसें मेरो माया आउँछ भनी ।।
सप्तकोशीको ………….. भनी

विक्षिप्त मुटुमा सियो रोप्दै,
गयौ अर्काको डोलीमा सजिई ।
बाँचेकै छु जिउँदो लाश भै,
आफ्नै आँखाको आँशु पिई ।।
सप्तकोशीको ………….. भनी
(विराटनगर, २०५८÷१०÷१४ गते)

भ्रमणशील मन
डा.कञ्चन दाहाल

डाँडाकाँडा नाघ्दै पाइलाहरू बग्छन्,
अनन्त बाटोमा चाहनाहरू जाग्छन् ।
आँखा जहाँ पुग्छन्, मन त्यहीं डुल्छ,
क्षण–क्षणमा आफ्नै रूप बदल्छ ।

कहिले एकान्तको छायाँ रोज्छ,
कहिले भीडमै अर्थ खोज्छ।
हावासँग बग्ने विचारको डोरी,
समात्न खोज्दा फेरि टुटी ।

घुमिरहने यो मनको यात्रा,
भ्रमणमै भेटिन्छ जीवनको व्याख्या ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *