काठमाडौं/ गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नु भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्नु भएको थियो । राजदूत डेल्पिटियाले आफ्नो कार्यकालमा दुई देशबीचको दौत्यसम्बन्ध थप प्रगाढ सुने विश्वास व्यक्त गर्नु भएको पनि जनाइएको छ ।
Facebook Comments Box
