काठमाडौँ/ कतारमा कैद सजाय भोगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर कतार सरकारले त्यस्तो आममाफी दिएको हो । यसरी १३ नेपाली कैदीलाई आममाफी दिएकोमा कतार सरकारप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।
मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा पनि मन्त्रालयले लिएको छ ।
Facebook Comments Box
