फेम नेपालको तत्वाधानमा ‘हास्छ अमेरिका भोलुम १

Nayabimarsha (Weekly Newspaper from Nepal)

अमेरिका/ नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीजनलाई हसाउन अमेरिका आइपुगेको छ ।
फेम नेपालको तत्वाधानमा ‘हास्छ अमेरिका भोलुम १’ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आइपुग्नु भएको आयोजकले जनाएको छ ।
कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणि पौडेल, सुमन कोइराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आउनु भएको हो । उहाँहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुतीमार्फत नेपालीजनलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराइज इन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाइएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताउनु भयो । फ्रेबुअरीको पहिलो साताबाट शुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईले सुनाउनु भयो । अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीजनलाई हसाउनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले गत शुक्रवार गरेको पत्रकार सम्मेलनमा कलाकारहरुले बताउनु भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *