मोहित बनाउने चित्लाङ यात्रा

Nayabimarsha (Weekly Newspaper from Nepal)
विष्णु गिरी ‘निश्चल’

जीवनमा धेरै घटनाहरु घटने गर्छन,् कसैलाई क्यामेरामा कैद गर्न सकिन्छ कसैलाई सकिँदैन । कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव ऊर्जाशील बनाउन सहयोग गर्छन् । हामी जहिले पनि खुशी हुन चाहन्छौ तर आफू खुशी हुन अरुलाई खुशी दिनुपर्छ भन्ने कुरा चाहिँ बिर्सन्छौं ।
बर्षमा एक पटक ‘अफिसियल’ कार्यक्रममा सहभागिता हुँदा पनि हामी पूरै समय दिन सक्दैनौं, त्यो मानवीय स्वभाव नै हो । हामी कार्यरत संस्थाबाट म्यानेजमेन्ट सबै र कर्मचारी गरी २४ जना रिफरेसमेन्टसहितको यात्रा गर्ने भन्ने बारेमा छलफल हुँदा हामी सबैको रोजाई काठमाडौबाट नजिकै रहेको मकवानपुरको चित्लाङ जाने निधो गरियो । सो स्थान काठमाडौंबाट चारवटा रुट भएर पुग्न सकिन्छ । सबैभन्दा कम दूरी कलंकीहुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटर चित्लाङ पर्छ । दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलो मिटरको दूरीमा चित्लाङ पुगिन्छ । अर्को अझै थानकोट नौबीसे टिस्टुङहुँदै पनि चित्लाङ पुग्न सकिन्छ । हामीले छोटो बाटो नै रोज्यौं ।
हाम्रो यात्रा यहि २०८२ सालको चैत्र १३ र १४ गतेको थियो । देशले नयाँ र युवा प्रधानमन्त्री पाउँदै थियो, सोही दिन हामी रिफरेसमेन्टको लागि चित्लाङ जाँदै थियौं । सबैको आफ्नो सवारी साधन भए पनि सबै आफ्नो तरिकाले जाँदा अलि खल्लो हुने पो भनी हामीले टुरिष्ट बस नै दुई दिनको लागि रिजर्भ गरेर गएका थियौं । यसले गर्दा हामी सबै कार्यक्रम अवधिभर सँगै रहने र सँगै एउटै बसको यात्रा गर्दा रमाइलो पनि हुने ।
हामी चैत्र १३ गते सुन्धरामा सबैलाई नौ बजे बिहानै भेट्न भन्यौ । नेपालीको समय न हो कहिले सोचेजस्तो हुन्छ गाडी खोज्न र ? म बाहेक तोकिएको समयमा कोही आई पुगेनौ तर कार्यालय आएर सबैलाई सम्पर्क गरेपछि हामी आधा घण्टामा हिंड्ने तयारी गर्दै थियौं एक जना सर एक्कासी नजाने कुरा भयो । हामी अचम्ममा परियो, पछि थाहा भयो उहाँको परिवारको सदस्यको सामान्य सवारी दुर्धटना भएको रहेछ ।
पछि उहाँले त्यसको व्यवस्थापन गरेर आफैं आउँछु भन्नुभयो । उहाँलाई केही समय कु¥यौ र हामी मैक, चाउचाउ, चना लगायतका बाटोमा खानेकुराको केही जोहो गरेर यात्रामा निस्कियौं । कलंकीमा दुईजना साथी र थानकोटमा एकजना साथीलाई लिएर हामी चित्लाङको यात्रामा निस्कियौं । यात्रामा बसमा केही राजनीतिक, केही रमाइला, केही छेडखान, केही हाँसीमजाक, केही नाँच्दै रमाइलो गर्दै हामीले यात्रा अगाडि बढायौं ।
लाग्थ्यो हामी हाँस्न, नाँच्न र गाउनकै लागि जन्मेका हौं । बाटो साँघुरो थियो । ठूलो बस छिर्न पनि गाह्रो तर हामी त्यही बाटोमा गुडिरहेको बसभित्रै नाच्यौं । कहिले बजिरहेको गीतसँगै ठूल्ठूला आवाजमा गीत गाउँथ्यौं । कहिले गीतको शब्दसँगै चित्लाङ नै थर्कने गरी हास्थ्यौं त कहिले अभिनय र नक्कल गर्दै नाँच्यौं । बीचमा चन्द्रागिरीको एक होटलमा हामीले नास्ता ग¥यौं । होटलमा भएको सबै खानेकुरा खाइदियौं जम्मा खाँदा चार हजार दुई सय रुपियाँ भएछ ।
बसमा निकै नाँच्दै, हाँस्दै र उफ्रँदै हामी २ घण्टामा चित्लाङ पुग्यौं । चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी पाइयो । तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन देख्दा आँखाको धित मर्नेगरी हेरेको हे¥यै भयौं । त्यति मात्रै होइन हामीले आदि बाटोभरि लालिगुराँससँग रमायौं ।
जब हामी बसबाट ओर्लिएर होटलमा पुग्यौं, हामीलाई स्वागत गर्न होटलका कर्मचारी थिए । होटल पुग्नासाथ हामी कोठामा गयौं, ‘फ्रेश’ भइयो । हामी बस्ने होटेल फोटोजेनिक बनाएको रहेछ । सबै सहभागीहरुले आ–आफ्नो तरिकाले फोटो खिचे टिकटक बनाएर रमाइलो गरियो । दिउँसो ३ बजे खाजा खाएपछि पानी प¥यो । त्यसपछि सबै मिल्ने मिल्ने साथीहरुसँग बसेर रमाइलो गफगाफ गर्न थालियो ।
मकवानपुरको चित्लाङ कृषि, पर्यटन र पुरातात्विक सम्पदाले भरिपूर्ण उपत्यका हो, चित्लाङमा बाख्रापालनबाट चिज उत्पादन हुन्छ, मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ । यहाँ ऐतिहासिक पदमार्ग र पुरातात्विक महत्त्वका संरचनाहरू छन् । वरिपरि चुरे रेन्जको पहाड, बीचमा केही समथर भूभाग, हरियाली वातावरण अनि प्राचीन ठाउँ । पहिलो पटक पुग्ने जो कोहीलाई मोहित बनाउँछ चित्लाङले । हामीलाई पनि त्यसै भयो । म भने पहिलो पटक चित्लाङ गएको होइन । यस क्षेत्रमा बाख्राको दूधबाट चिज बनाउने उद्योग स्थापना गरिएको छ । चित्लाङमा उत्पादित बाख्राको दूधबाट बनेका चिज स्वादिलो, गुणस्तरीय हुन्छ । यहाँ पुराना मन्दिर, पाटी–पौवा, पदमार्ग, दरबार र स्मारकहरूले नेपालका राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिने स्थानीयसँग कुरा गर्दा बताए ।
चित्लाङ ‘लालीगुराँस पदमार्ग’ जस्ता पदमार्गहरूले प्राकृतिक सुन्दरतालाई नजिकबाट अनुभव गर्ने अवसर पाइयो । काष्ठकलाको अनुपम नमूनाहरू पाटी–पौवामा प्रहरी चौकी, सामुदायिक पुस्तकालयहरुले थप आर्कषित गरेको छ । चित्लाङ नजिकै रहेको इन्द्रसरोवर मानवनिर्मित ताल हो । यो ताल ७ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको छ । आफूसँग थोरै फुर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईंको लागि चित्लाङको एक दिन एक रातको बसाइ नै काफी छ ।
बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीयस्तरमै उत्पादित खानाको स्वादका चित्लाङमा पाइन्छ । शुरुमा शुक्रबार र शनिबार मात्र चित्लाङमा आन्तरिक पर्यटकको भीड हुने गरेकोमा अहिले भने सातै दिन उत्तिकै आन्तरिक पर्यटक आउने गर्छन् ।
यहाँ क्याम्प फायरसँगै गीत संगीतमा झुम्दै नाँच्न पाइन्छ । हामीले पनि बारबिकी ग¥यौं । मन लागेको खानेकुरा खायौं । कोही नाँच्नमा व्यस्त, कोही टेबुलटेनिस खेल्ने, कोही स्नुकर, कोही पौडी, कोही खानामा रमाउने कोही शान्त वातावरणमा रिर्सोट वरफर घुम्फिर गर्ने गरेर रमाइलो गरियो । बाहिर पानी परिरहेकोले कोही साथीले तास पनि खेले । हामी भने एक मित्रले अस्टेलियाबाट त्याएको रक्सीबाट बनाएको कोक्टेल पिउने अवसर पनि जु¥यो । हामी सबै रमायौं । चिकेन र र्पोर्कको बारबिकीले सबैको मन जित्यो ।
शुक्रबार भएकोले होला हामी बसेको रिर्सोट भरिभराउ थियो । कर्मचारीले समयमै डेलीभरी गर्न सकेका थिएनन् भने खानामा खासै गुणस्तर नभए पनि हामी भने हाम्रै साथीभाइको गफ र कुराकानीमा रमाइलो गरेका थियो । एकजना साथी चितवनबाट आएर साँझमा सहभागी भएपछि झन रमाइलो माहोल बन्यो । बेलुका रमाइलो गरियो । हामीहरुले केही गेम पनि खेल्यौ । जित्नेलाई उपहार पनि दियौं । तीनजना साथीले जित्नु भयो तर खेलमा सबैले सहभागिता जनाइयो ।
शनिबार बिहान केही साथी काठमाडौं जानैपर्ने भएकोले केही खल्लो महसुस भयो । बहाँहरुलाई सामान्य ब्रेकफाष्ट गराए मन गरुँगो बनाएर बिदा गरे पनि उहाँहरुले हरेक क्षण हामीलाई फोन गरेर के भइरहेको छ भन्दा खुशी लाग्यो । हामी केही समय हाइकिङ पनि गयौं । सहभागी साथीहरुले धेरै कपडा लिएर आउनु भएको रहेछ । पानी परेकाले अन्य धेरै ठाउँ धुम्न नगए पनि होटल परिसरमै कपडा फेरी फेरी फोटो र टिकटक बनाएको हेर्दा निक्कै रमाइलो भयो ।
मान्छे खुशी हुन चाहे सानो कुरामा पनि रमाउन सक्दो रहेछ । शनिबारनै बिहानको खाजापछि रिसोर्टकै कर्मचारीले गाउँ भ्रमणमा लैजाने योजना भए पनि पानी परेकाले हामी त्यसमा सहभागी हुन सकेनौ तर केही समय पानी रोकिएको मौका छोपेर हामीले डाँडाकाँडाको यात्रा ग¥यौं । लागीगुराँस पूmलसँग रमायौं । फोटो खिच्यौं ।
धुलो, धुवाँले गाँजेको काठमाडौंबाट उम्किएर केही दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ त्यो गन्तव्य बन्न सक्छ चित्लाङ । हामी २४ जना सहभागी भएको यो यात्रामा पुरुषभन्दा महिलाकै सहभागिता बढी थियो । हामीले दुई दिनको यात्रामा होटलको बसाई धुमाई रमाईलो गरी करिब एक लाख तीस हजार रुपियाँमा यात्रा सफल भयो । थोरै खर्च राम्रो र आत्मीययात्रा गर्ने वातावरण बनेकोमा आयोजकलाई बधाई दिँदै हामी काठमाडौं फर्कियौं ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *