अन्तर्राष्ट्रिय मुद्रा प्रणाली के हो ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

विश्व अर्थतन्त्रको सबैभन्दा रोचक र जटिल पक्षमध्ये एक हो – मुद्रा विनिमय प्रणाली । हामी दैनिक जीवनमा रुपियाँ, डलर, युरो, येनजस्ता विभिन्न मुद्राको नाम सुन्छौं । अलिकति ख्याल गर्ने हो भने ‘यी सबैको मूल्य किन एउटै हुँदैन ?’ भन्ने कुरा हामी सबैलाई लाग्ने गर्दछ । किन एक देशको पैसा अर्को देशसँग बराबर हुँदैन ? अझ महत्वपूर्ण प्रश्न भनेको किन अमेरिकी डलरलाई नै विश्व अर्थतन्त्रको मापनको आधार बनाइयो ? भन्ने कुरा हामी सबैको मथिंगलमा आउने गर्दछ ।
यी प्रश्नहरूको उत्तर केवल आर्थिक सूत्रमा मात्र होइन, इतिहास, शक्ति, विश्वास र विश्व व्यवस्थाको विकाससँग जोडिएको हुन्छ । मुद्रा फरक हुनुको मूल कारणमा अर्थतन्त्रको भिन्न संरचना नै हो । मुद्रा कुनै कागजी नोट मात्र होइन, त्यो देशको आर्थिक क्षमता, स्थिरता र विश्वसनीयताको प्रतीक हो । प्रत्येक देशको अर्थतन्त्र फरक हुन्छ जसमा उत्पादन क्षमता, प्राकृतिक स्रोत, जनसंख्या, प्रविधि, व्यापार नीति र राजनीतिक स्थिरता सबै फरक हुन्छन् । यही भिन्नताले गर्दा मुद्राको मूल्य पनि फरक हुन्छ ।
यदि कुनै देशले धेरै उत्पादन गर्छ, निर्यात बलियो छ र विदेशी लगानी आकर्षित गर्छ भने त्यस देशको मुद्रा बलियो हुन्छ । अन्तर्राष्ट्रिय बजारमा त्यही मुद्रा किन्न धेरै मानिस इच्छुक हुन्छन् । उल्टो, यदि आयात बढी छ, उत्पादन कमजोर छ र मुद्रास्फीति उच्च छ भने मुद्रा कमजोर हुन्छ ।
यसरी मुद्रा मूल्य कुनै स्थिर अंक होइन, यो निरन्तर चलायमान आर्थिक विश्वास हो ।
विनिमय दर निर्धारणको आधार
आजको विश्वमा अधिकांश मुद्राहरू चल विनिमय दर प्रणाली (ँयिबतष्लन भ्हअजबलनभ च्बतभ क्थकतझ) अन्तर्गत निर्धारण हुन्छन् । यसको अर्थ सरकारले सिधै मूल्य तोक्दैन, बजारले निर्धारण गर्छ । विदेशी विनिमय बजार (ँयचभह ःबचपभत) मा बैंक, सरकार, कम्पनी र लगानीकर्ताहरूले मुद्रा किनबेच गर्छन् । जहाँ माग बढी हुन्छ, त्यहाँ मुद्रा बलियो हुन्छ; जहाँ माग कम हुन्छ, त्यहाँ कमजोर हुन्छ ।
केही देशहरूले भने अझै स्थिर विनिमय दर प्रणाली (ँष्हभम भ्हअजबलनभ च्बतभ) अपनाएका छन्, जहाँ आफ्नो मुद्रा कुनै बलियो मुद्रासँग (जस्तै डलर) निश्चित दरमा बाँधिएको हुन्छ ।
असर गर्ने आधारहरू
मुद्रा मूल्य निर्धारणमा केही मुख्य आर्थिक सूचकहरूले निर्णायक भूमिका खेल्छन् । यसमा सबैभन्दा पहिले मुद्रास्फीति (क्ष्लाबितष्यल) को पाटोलाई हेरिन्छ । जब बस्तु र सेवाको मूल्य बढ्छ, पैसाको क्रयशक्ति घट्छ र मुद्रा कमजोर हुन्छ ।
दोस्रो ब्याजदर (क्ष्लतभचभकत च्बतभ) को पाटोलाई मानिन्छ । उच्च ब्याजदरले विदेशी लगानी आकर्षित गर्छ, जसले मुद्रा बलियो बनाउँछ । यसैगरी तेस्रो व्यापार सन्तुलन पनि असर गर्ने आधार हो । निर्यात बढी भए मुद्रा बलियो हुन्छ, आयात बढी भए कमजोर हुन्छ ।
यस्तै, चौथो राजनीतिक स्थिरतालाई मानिन्छ । स्थिर देशमा विश्वास बढ्छ, लगानी बढ्छ र मुद्रा मजबुत हुन्छ । यता, पाँचौँ विदेशी मुद्रा सञ्चितिलाई आधार मानिन्छ । धेरै विदेशी मुद्रा भएको देश आर्थिक रूपमा सुरक्षित मानिन्छ ।
यी सबै तत्व मिलेर नै कुनै देशको मुद्रा कति बलियो वा कमजोर भन्ने निर्धारण गर्छन् ।
अमेरिकी डलर मापनको आधार
अब मुख्य प्रश्न उठ्छ कि किन अमेरिकी डलर (ग्क्म्) आज विश्व मुद्रा प्रणालीको आधार बन्यो ? यसको जरा इतिहासमा भेटिन्छ । दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा भएको ब्रेटन वुड्स (द्यचभततयल ध्ययमक) सम्मेलनले विश्व आर्थिक संरचना पुनःनिर्माण ग¥यो । त्यस समयमा अमेरिकी अर्थतन्त्र सबैभन्दा बलियो अवस्थामा थियो । त्यसैले अमेरिकी डलरलाई सुन (न्यमि) सँग जोडेर “विश्वको आधार मुद्रा” बनाइयो । अन्य देशका मुद्राहरू डलरसँग सम्बन्धित थिए ।
सन् १९७१ मा अमेरिका स्वयंले डलरलाई सुनसँगको प्रत्यक्ष सम्बन्धबाट अलग ग¥यो, तर त्यसबेलासम्म डलरले विश्वभर विश्वास र प्रभुत्व स्थापित गरिसकेको थियो ।
डलर किन शक्तिशाली छ ?
आज पनि अमेरिकी डलर विश्वको सबैभन्दा प्रभावशाली मुद्रा हुनुका पछाडि केही ठोस कारण छन् । पहिलो, अमेरिकी अर्थतन्त्रको शक्तिलाई मानिन्छ । विश्वकै ठूलो न्म्ए, विकसित प्रविधि र बलियो वित्तीय प्रणाली अमेरिकासँग छ, जसले उसको डलरलाई शक्तिशाली बनाएको मानिन्छ ।
यो शक्तिशाली हुनुको दोस्रो कारणमा अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रयोग हुनु हो । इन्धन, ग्यास, सुनजस्ता बस्तुहरू प्रायः डलरमै कारोबार हुन्छन्, जसलाई “एभतचयमयििबच क्थकतझ” भनिन्छ । यसैगरी तेस्रो कारणमा विश्वव्यापी विश्वास हुनु हो । संकटको समयमा पनि डलर सुरक्षित मानिन्छ ।
यस्तै, चौथो कारण भनेको विश्वव्यापी बैंकिङ र वित्तीय प्रणालीमा प्रभुत्वलाई मान्न सकिन्छ क्ष्ःँ, ध्यचमि द्यबलप जस्ता संस्थामा डलरको प्रमुख भूमिका हुने गरेका कारण पनि अमेरिकी डलर शक्तिशाली बनेको हो । पाँचौँ कारणमा गहिरो वित्तीय बजार हो । अमेरिकाको स्टक र बन्ड बजार विश्वकै सबैभन्दा ठूलो हो ।
यी कारणले डलर केवल मुद्रा होइन, विश्व आर्थिक प्रणालीको मेरुदण्ड बनेको छ ।
मुद्रा मापनको विधि
मुद्रा तुलना दुई प्रमुख आधारमा गरिन्छ । पहिलो, ल्यmष्लब िभ्हअजबलनभ च्बतभ हो जसमा सिधै एक मुद्रा अर्को मुद्रासँग तुलना गरिन्छ (जस्तै १ ग्क्म् = १४६ ल्एच् जस्तो दर)। दोस्रो, एगचअजबकष्लन एयधभच एबचष्तथ (एएए) हो जसले विभिन्न देशमा एउटै बस्तु किन्न कति पैसा लाग्छ भन्ने आधारमा वास्तविक शक्ति मापन गर्छ । पीपीपीले देखाउँछ कि कागजी विनिमय दर मात्र वास्तविक जीवनको मूल्य होइन ।
पैसा छाप्ने प्रक्रिया र नियन्त्रण
हरेक देशको केन्द्रीय बैंकले पैसा छाप्ने काम गर्छ । नेपालमा नेपाल राष्ट्र बैंक, अमेरिकामा ँभमभचब िच्भकभचखभ ले । पैसा छाप्नु केवल कागज उत्पादन होइन, यो गम्भीर आर्थिक नीति हो । यदि आवश्यकभन्दा बढी पैसा छापियो भने बजारमा पैसा बढी हुन्छ तर सामान उही हुन्छ, जसले मुद्रास्फीति बढाउँछ र मुद्रा कमजोर बनाउँछ । त्यसैले पैसा छाप्ने निर्णय अत्यन्त सावधानीपूर्वक मौद्रिक नीतिअनुसार गरिन्छ । पैसा केवल छापेर मात्र सिर्जना हुँदैन । धेरैलाई लाग्छ पैसा केवल नोट छापेर बनाइन्छ, तर वास्तविकतामा अधिकांश पैसा बैंकिङ प्रणालीमार्फत सिर्जना हुन्छ ।
जब बैंकले ऋण दिन्छ, त्यो नयाँ पैसा अर्थतन्त्रमा प्रवेश गर्छ । यसलाई ँचबअतष्यलब िच्भकभचखभ द्यबलपष्लन क्थकतझ भनिन्छ । यसले अर्थतन्त्रलाई गतिशील बनाउँछ तर अत्यधिक ऋणले जोखिम पनि बढाउँछ ।
मनपरी पैसा छापे के हुन्छ ?
यदि कुनै नियन्त्रण बिना पैसा छापियो भने त्यसको परिणाम विनाशकारी हुन्छ । बस्तुहरूको मूल्य अनियन्त्रित रूपमा बढ्छ, मुद्राको मूल्य खस्छ र अर्थतन्त्र अस्थिर हुन्छ ।
जिम्बाब्वे र भेनेजुएलाजस्ता देशहरूमा देखिएको हाइपरइन्फ्लेशन यसको स्पष्ट उदाहरण हो ।
त्यसैले अन्तर्राष्ट्रिय मुद्रा प्रणाली केवल संख्याको खेल होइन, यो विश्वास, शक्ति, इतिहास र आर्थिक सन्तुलनको जटिल संरचना हो । प्रत्येक देशको मुद्रा फरक हुनु त्यस देशको आर्थिक अवस्थाको प्रतिविम्ब हो । अमेरिकी डलर विश्वको आधार मुद्रा बन्नु कुनै संयोग होइन, यो अमेरिकी अर्थतन्त्रको शक्ति, ऐतिहासिक निर्णय र विश्वव्यापी विश्वासको परिणाम हो ।
हाम्रो हातमा रहेको सानो नोट केवल पैसा मात्र होइन, यो त विश्व अर्थतन्त्रलाई जोड्ने विशाल प्रणालीको एउटा सानो तर अत्यन्त महत्वपूर्ण कडी हो । यसले आजको वैश्विक व्यापार र जीवनशैलीलाई चलायमान राखेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *